छानिए ३२ खेलाडी

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) का कराँतेको बिहीबार भएको अन्तिम छनोटबाट एकल कातामा मन्देकाजी श्रेष्ठ र चञ्चला 
दनुवार छानिएका छन् ।

छानिए ३२ खेलाडी

पुरुषतर्फ नेपाल पुलिसका मन्देकाजीले आर्मीका परशुराम बाँस्तोला र महिलातर्फ चन्चलाले एनआरएनएकी शुभद्रा श्रेष्ठलाई पछि पारेका थिए । छानिएका दुवै आठौं राष्ट्रिय खेलकुदका स्वर्णधारी पनि हुन् । स्वर्ण जित्दा मन्देले परशुराम र चञ्चलाले शुभद्रालाई हराएका थिए ।


टिम काताको पुरुषमा मन्देसहित आर्मीका प्रवीण मानन्धर र पुलिसका महसुस तामाङ छानिए । महिला टिमतर्फ पुलिसकी निर्मला तामाङ, आर्मीकी संगीता मगर र पुलिसकी सरु कार्की छनोट भए ।


पुरुष ५० केजीमा पुलिसका सोनाम लामा तथा ५५ केजीमा एपीएफका लक्ष्मण तामाङ छानिए । फाइनलमा सोनामले आर्मीका शिव खत्री र लक्ष्मणले प्रदेश ३ का विजय श्रेष्ठलाई हराए ।


पुरुष ६० केजीमा प्रहरीका राजीव पुडासैनीले प्रदेश ४ का राजकुमार रसाइली, ६७ केजीमा प्रदेश ४ का नवीन रसाइलीले प्रदेश ५ का अर्जुन बाघचन्द, ४२ केजीमा प्रहरीका गंगाराम कुशवारले एपीएफका मुकुन्द्र महर्जन, ८४ केजीमुनि पुलिसका दिवस श्रेष्ठले एपीएफका सुशील पौड्याल र ८४ केजीमाथि प्रदेश ३ का विप्लवलाल श्रेष्ठले आर्मीका लेखनाथ मैनालीलाई हराउँदै सागका लागि स्थान पक्का गरे ।


पुरुष ६० देखि ८४ केजीमाथिमा दोस्रो भएका सबै खेलाडी टिम स्पर्धाका लागि भने छनोट भएका छन् । महिला ४५ केजीमा आर्मीकी कुसुम खड्काले प्रदेश ३ की मीरा योञ्जन र ५० केजीमा एपीएफकी अनु अधिकारीले आर्मीकी मिस्ली श्रेष्ठलाई पाखा लगाउँदै छनोट भए ।


महिला ५५ केजीमा एपीएफकी मनीषा चौधरीले प्रदेश ३ की सुस्मिता वाइबा, ६१ केजीमा प्रदेश ४ की अनु गुरुङले प्रहरीकी एस्टर राई, ६८ केजीमुनि प्रहरीकी सुनीता महर्जनले आर्मीकी सनी तामाङ र ६८ केजीमाथि पुलिसकी अुनपमा मगरले आर्मीकी रीता कार्कीलाई पन्छाउँदै छनोट भए । सागका लागि कराँतेको १८ पुरुष र १४ महिला गरी ३२ खेलाडी छानिएका छन् ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?