कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाल तेस्रोपल्ट फाइनलमा

काठमाडौँ — नेपाली युवा टिम पहिलो खेलमा आयोजक भारतविरुद्ध ५–० ले स्तब्ध भएर पनि त्यसपछि लगातार तीन जित निकाल्दै बिहीबार वेस्ट बंगालमा भइरहेको साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल तेस्रोपल्ट फाइनलमा

यो उमेर समूहको दक्षिण एसियाली प्रतियोगितामा नेपाल तेस्रोपल्ट फाइनल प्रवेश गरेको हो । नेपालले आइतबार हुने फाइनलमा भारतको सामना गर्नेछ ।


कल्याणी रंगशालामा बिहीबारको पहिलो खेलमा नेपालले भुटानमाथि ६–० को जित दर्ता गर्‍यो । दिनको दोस्रो खेलमा भारतले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–० ले हरायो । यससँगै ५ देश सहभागी प्रतियोगितामा राउन्ड रोबिन लिगका शीर्ष दुई स्थानमा रहँदै भारत र नेपालले उपाधि होड पक्का गरेका हुन् ।


भारत शतप्रतिशत जितसहित शीर्षस्थानमा रह्यो । तीन जित र एक हारसँगै नेपाल लिग चरणमा दोस्रो भयो । नेपाली टिमले भुटानलाई सुरुबाटै दबाबमा राखेको थियो । कप्तान प्रदीप लम्साल र नीराजन खत्रीले समान दुई गोल गरे । पाँचौं मिनेटमै प्राप्त पेनाल्टीमा कप्तान प्रदीपले गोल गर्दै नेपाललाई अग्रता दिलाए । निराजनले नवौं मिनेटमा अग्रता दोब्बर बनाए ।


बाँकी चार गोल दोस्रो हाफमा भएको थियो । त्यसमा प्रदीप (४८ मिनेट), असिम राई (७५), निराजन (८५) र सुगम जिमी (९५) ले गोल गरे । सुगमले फाइनल भने गुमाउने छन् । दुई पहेँलो कार्डका कारण उनले फाइनल खेल्न नपाउने भएका हुन् ।


छैटौं संस्करणको पहिलो खेलमै ठूलो अन्तरले हारेपछि नेपालले श्रीलंकालाई २–० ले हराएर आफ्नो सम्भावना जोगाएको थियो । त्यसपछि बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले पराजित गर्दै नेपाल साफ यू–१५ मा तेस्रोपल्ट पुगेको हो । यो उमेर समूहमा पहिलोपल्ट च्याम्पियन हुने दाउमा रहेको नेपालले आइतबार हुने फाइनलमा दुईपल्टको विजेता भारतको सामना गर्नेछ ।

प्रकाशित : भाद्र १३, २०७६ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?