कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

धम्बोजी प्रदेश लिग च्याम्पियन 

(दाङ) — बाँकेको धम्बोजी क्लब प्रदेश ५ मुख्यमन्त्री कप लिग फुटबलको च्याम्पियन बनेको छ । एन्फाको वार्षिक कार्यक्रमअनुसार प्रदेश ५ लिग फुटबल सञ्चालन कमिटीको आयोजनामा बेलझुन्डी रंगशालामा बिहीबार सम्पन्न लिगमा सर्वाधिक १३ अंक बटुल्दै धम्बोजी क्लब च्याम्पियन भएको हो ।

धम्बोजी प्रदेश लिग च्याम्पियन 

अन्तिम खेलमा बाँकेले दाङलाई ३–२ गोलले हरायो । भदौ ५ देखि सुरु लिगमा धम्बोजीले ५ मध्ये ४ खेल जित र एकमा बराबरी खेलेको थियो । च्याम्पियन क्लबले २ लाख रुपैयाँ पुरस्कार जितेको छ ।


प्रदेश ५ का ६ टिमको सहभागिता रहेको प्रतियोगितामा रूपन्देही दोस्रो भएको छ । रोल्पालाई ६–१ ले हराउँदै रूपन्देहीले दोस्रो स्थान पक्का गरेको हो । रूपन्देहीले एक लाख प्राप्त गर्‍यो । तेस्रो स्थानका लागि बिहीबार नवलपरासीलाई ३–१ ले पराजित गर्दै बर्दियाले सफलता पायो ।


विजेतालाई प्रदेश ५ का भौतिक योजना तथा पूर्वाधार मन्त्री बैजनाथ चौधरीले पुरस्कृत गरे । गोलकिपरमा नवलपरासीका सन्दिप चौधरी, डिफेन्डरमा बाँकेका अतिश बिक उत्कृष्ट भए भने रूपन्देहीका जितेश गुरुङ उत्कृष्ट खेलाडी र बाँकेका भद्रसिङ थापा उत्कृष्ट प्रशिक्षक भए । रोल्पाका प्रविन पुनले उदीयमान खेलाडीको पुरस्कार पाए ।

प्रकाशित : भाद्र १२, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?