साफ यू–१५ को फाइनलमा नेपाल र भारत भिड्ने

काठमाडौँ — नेपालले वेस्ट बेंगालस्थित कल्याणी रंगशालामा भइरहेको साफ यू–१५ च्याम्पियनसिप आयोजक भारतविरुद्ध खेल्ने भएको छ । दुवै टिम बिहीबार जित हात पार्दै फाइनल प्रवेश गरेका हुन् ।

साफ यू–१५ को फाइनलमा नेपाल र भारत भिड्ने

दिनको पहिलो खेलमा नेपालले भुटानमाथि ६–० को जित हात पारेको थियो । त्यसपछि भारतले डिफेन्डिङ च्याम्पियन बंगलादेशलाई ४–० ले हरायो । पहिलो खेलमै नेपाललाई हराएको भारतले पाँच टिम सहभागी च्याम्पियनसिपमा शतप्रतिशत जित निकाल्दै शीर्षस्थान हासिल गर्यो । पछिल्ला तीनै खेल जितेको नेपाल दोस्रो स्थानमा रह्यो ।


साफ यू–१५ मा नेपाल तेस्रोपल्ट फाइनल पुगेको हो । यो उमेर समूहमा पहिलोपल्ट च्याम्पियन हुने दाउमा रहेको नेपालले आइतबार हुने फाइनलमा भारतको सामना गर्नेछ ।

प्रकाशित : भाद्र १२, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?