कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सेमिफाइनलमा आयोजक

काठमाडौँ — आयोजक रेडियन्ट सातौं उपत्यकाव्यापी रेडियन्ट कप बास्केटबलको सिनियर ब्वाइजमा बुधबार सेमिफाइनल पुगेको छ । रेडियन्टले नेपालयलाई ६५–५० स्कोरले पराजित गर्‍यो । रेडियन्टको जितमा उपेन्द्र बस्नेतले १९ स्कोर गरे ।

सेमिफाइनलमा आयोजक

सिनियर ब्वाइजमै निम्स, रुपिज र ओसिस पनि सेमिफाइनल पुग्न सफल भए । राजन डंगोलको १२ स्कोरमा निम्सले नेपाल सेन्ट्रललाई ४१–३४ ले हरायो । रुपिजले द एक्सेल्सियरलाई ४६–४२ र ओसिसले ग्रिनफिल्डलाई ३७–३३ ले हराए । रुपिजका आदित्य गुरुङले १८ र ओसिसका छेडुप लामाले १५ स्कोर गरे ।


सिनियर गर्ल्समा इनोभेटिभले न्यु भिजनलाई २३–१५, द चाँदबागले सिद्धार्थ वनस्थलीलाई २९–२० र एलआरआईले स्वर्णिमलाई १७–१३ ले हराएर सेमिफाइनल सुरक्षित गरे । इनोभेटिभकी स्वच्छता थापाले ७, चाँदबागकी प्रगति तिवारीले १२ र एलआरआईकी दीपशिखा विष्टले ८ स्कोर जोडे ।


जुनियर ब्वाइजमा स्वर्णिमले नेपाल सेन्ट्रललाई ७–३ ले हराएर सेमिफाइनल पक्का गर्‍यो । स्वर्णिमका दीपेश शाक्यले ५ स्कोर गरे ।


भ्यालीको सफलता

भ्याली पब्लिकको सिनियर ब्वाइज र गर्ल्स दुवै टिम चौधौं क्विक्स–ग्रिनल्यान्ड अन्तरस्कुल बास्केटबलमा बुधबार सेमिफाइनल पुगेका छन् । सिनियर ब्वाइजमा भ्यालीले बीएनएलाई ५६–४८ स्कोरले हरायो ।


टोलीका सुमार्ग गुरुङ र सुमन चापागाईंले समान १९ स्कोर जोडे ।गर्ल्समा भ्याली पब्लिकले स्किब्सलाई ३०–२६ ले हराउँदै ग्रिनल्यान्डसँग सेमिफाइनल तय गर्‍यो । भ्यालीका सुमिना तामाङ र पुर्णिमा परियारले समान १२ स्कोर जोडे । अर्को सेमिफाइनल टीआईए र एचएचसीएबीच हुनेछ ।

प्रकाशित : भाद्र १२, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?