नेपालद्वारा बंगलादेश पराजित

साफ यू–१५ पुरुष फुटबल

काठमाडौँ — भारतमा जारी पाचौँ संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले साविक विजेता बंगलादेशलाई पराजित गरेको छ । भारतको कल्याणी रंगशालामा मंगलबार भएको खेलमा नेपालले बंगलादेशलाई ४–१ गोलले हराएको हो । 

यसअघि नेपालले श्रीलंकालाई २–० गोलले हराएको थियो । बंगलादेशसँगको खेलमा नेपालका लागि क्रिशन अधिकारी यादवले २ तथा सुगन जिमी र प्रदीप लम्सालले एक/एक गोल गरे । बंगलादेशका लागि मियाँले सान्त्वना गोल गरे । जितसँगै नेपाल ३ खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ ।


तेस्रो स्थानमा झरेको बंगलादेशले पनि ३ खेलबाट ६ अङ्क नै बटुलेको छ । अब नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोलले पराजित भएको थियो ।


प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान सहभागी छन् ।

प्रकाशित : भाद्र १०, २०७६ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?