कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपालले जोहर दारुलविरुद्ध खेल्दै

काठमाडौँ — नेपाली राष्ट्रिय टिमले विश्वकप २०२२ छनोटको तयारीमा सोमबार मलेसियन सुपरलिग च्याम्पियन जोहर दारुल ता’जिमविरुद्ध सोमबार प्रतिस्पर्धा गर्दै छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवेतको सामना गर्नुअघि नेपालले जोहर दारुलविरुद्ध खेल्न लागेको हो । यसलाई विश्वकप छनोटका लागि अन्तिम अभ्यासको रूपमा लिइएको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् । उनले यस खेलका लागि सुजल श्रेष्ठलाई कप्तानको जिम्मेवारी दिएका छन् ।


एएफसी च्याम्पियन्स लिगको क्लब जोहर दारुलविरुद्ध नेपाली टिमले पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेको हो । लगातार छैटौंपल्ट मलेसियन च्याम्पियन भएको टिमविरुद्ध नेपालले उसैको घरेलु मैदान तान श्री दातो हाजी हसन युनोस रंगशालामा प्रतिस्पर्धा गर्दै छ ।

प्रकाशित : भाद्र ९, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?