कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्टोक्सको अविश्वसनीय शतक

एएफपी

लिड्स — बेन स्टोक्सले सनसनीपूर्ण अविजित शतक बनाएपछि इंग्ल्यान्डले हेडिङलेमा आइतबार एसेस शृंखलाको तेस्रो टेस्टमा अस्ट्रेलियामाथि १ विकेटको रोमाञ्चक विजय हात पारेको छ । 

स्टोक्सको अविश्वसनीय शतक

पहिलो इनिङ्समा केवल ६७ रनमा अलआउट भएको इंग्ल्यान्डले २ सय ८६ रन बनाउँदा ९ विकेट गुमाइसकेको थियो र टोलीलाई ३ सय ५९ रनको लक्ष्यमा पुग्न अझै विजयका लागि ७३ रनको आवश्यकता थियो । त्यो समयमा ११ औं नम्बरमा चस्माधारी ज्याक लिच स्टोक्सलाई साथ दिन क्रिजमा आएका थिए ।


इंग्ल्यान्डलाई विश्वकपको उपाधि दिलाउन फाइनलमा पनि उत्कृष्ट इनिङ्स खेलेका स्टोक्सले अविजित १ सय ३५ रन बनाएपछि घरेलु टोलीले आफ्नो सबैभन्दा ठूलो रन पछ्याएर टेस्ट जित्ने कीर्तिमान बनाएको हो । यससँगै पाँच खेलको शृंखला १–१ को बराबरीमा आएको छ ।


‘विजय लक्ष्य १० रन तल झर्नु अगाडिसम्म म नर्भस भएको थिइन् । त्यसपछि के गर्ने हो भन्ने लाग्यो,’ स्टोक्सले भने । अस्ट्रेलियाले यो टेस्ट जितेको भए एसेस शृंखला आफ्नो अधिनमा राख्ने थियो । अन्तिम समयमा लिचलाई रनआउट गर्ने नाथन लायनले गुमाउँदा टोली चुकचुकाउनुपर्‍यो । लगत्तै यी दुई जोडी रिभ्युमा पनि जोगिए । अलराउन्डर स्टोक्सले तीब्र गतिका बलर प्याट कुमिन्सको बलमा चौका प्रहार गर्दै इंग्ल्यान्डलाई स्मरणीय विजय दिलाए ।


इंग्ल्यान्डको यस विजयले सन् १९८१ मा योर्कशायरको मुख्यालयमा एसेस शृंखलाको विजयलाई स्मरण गराएको थियो । जति खेर फ्लोअनमा परेर पनि इंग्ल्यान्डले विजय हात पारेको थियो । हेडिङ्लेमा चौथो इनिङ्समा ३ सय रन बनाउँदै विजय लक्ष्य पूरा गरेको यो केवल चौथो पटक हो ।


‘निकै विशेष अनुभव भइरहेको छ । स्टोक्सले असाधरण देखिए, मैले यस्तो कहिले देखेको थिइन् । त्यसमा दर्शकको ठूलो साथ रह्यो,’ लिचले भने । स्टोक्सले लिचसँग दशौं विकेटमा ७६ रन जोडे । त्यसमा लिचले १७ बलमा १ रनको योगदान दिए । २ सय १९ बलको सामना गरेका स्टोक्सले ११ चौका र ८ छक्का प्रहार गरे ।


१५६–३ बाट चौथो दिनको खेल प्रारम्भ गरेको इंग्ल्यान्डबाट कप्तान रुट ७७ रन बनाई आउट भए । जोन्नी वेरिस्टो ३६, जोस बटलर र क्रिस वोक्स १–१, जोफ्रा आर्चर १५ रनमा आउट भएका थिए । स्टुवार्ट ब्रोडले खाता खोल्न सकेनन् ।


अस्ट्रेलियाका कप्तान टिम पेनले भने, ‘यो स्थितिमा पुगेर पराजय नतिजा स्विकार्न गाह्रो हुन्छ । स्टोक्सले अविश्वस्नीय इनिङ्स खेले र हाम्रा लागि ठूलो अवरोध बने ।’

प्रकाशित : भाद्र ९, २०७६ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?