३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरियन एम्बासडर तेक्वान्दो सुरु

काठमाडौँ — कोरियन एम्बासडर राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको नवौं संस्करण आइतबारदेखि सुरु भएको छ । प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीको क्याम्पमा रहेका खेलाडीहरू पनि सहभागी छन् । पहिलो दिन जुनियर विधाको पुम्सेमा राष्ट्रिय टोलीका खेलाडीले सफलता हासिल गरे । 

महिलातर्फ सन्जिला तिमल्सिनाले स्वर्ण, स्वस्तिका तामाङले रजत र निशा दर्नाल र रीता श्रेष्ठले कांस्य पदक जिते । रीताबाहेक तीनै खेलाडी राष्ट्रय टोलीका हुन् । जुनियर पुरुष पुम्सेमा कृष्णबहादुर तामाङलाई पराजित गरी अस्मिन राउत पहिलो भए । राम गोले र सागर बरालले कांस्य जिते । सागरबाहेक तीनै खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा छन् ।


गेरोगीतर्फ जुनियर पुरुष ४२ केजीमुनि तौल समूहमा कोटेश्वरका सागरसिंह ठकुरीले स्वर्ण जिते । माइती नेपालका सुजन सिलवालले रजत तथा कपन डोजोका विजय होगु र एसओएस बालग्रााम लुम्बिनीका विकल्प शाहीले कांस्यमा चित्त बुझाए । पुरुष ४५ केजीमुनि तौल समूहमा दिलीप मेमोरियल डोजोका सागर मगर पहिलो भए । उनले फाइनलमा वीरगन्जका अब्ताब आलमलाई पराजित गरे । चुनिदेवी डोजोका कर्मा नोर्वु शेर्पा र सीतापाइलाका सुगर गिरीले कांस्य पाए ।


क्याडेट महिला पुम्सेमा कोटेश्वरकी सन्ध्या लामा पहिलो भइन् । मूलपानीकी प्रगति कुइँकेल दोस्रो र सुप्रिमका द्वय सुशान्त तामाङ र तारा वाइबा तेस्रो भए । क्याडेट पुरुष पुम्सेमा सगरमाथा एकेडेमीका निशान्त थिङले स्वर्ण जिते । उनले फाइनलमा कोटेश्वरका विवेक लामालाई पराजित गरेका थिए । गोदावरीका सृजल श्रेष्ठ र मूलपानीका आयास ढुंगेलले कांस्य जिते । सिनियर विधाका प्रतिस्पर्धा सोमबारदेखि सुरु हुनेछ । देशभरका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी ७ सय ६० खेलाडीको सहभागिता रहेको प्रतियोगिता बुधबार सम्पन्न हुनेछ । राखेप उपाध्यक्ष पीताम्बर तिम्सिना, कोरियाली राजदूत पार्क योङ सिकलगायतले प्रतियोगिताको उद्घाटन गरे ।


प्रकाशित : भाद्र ८, २०७६ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?