चिनियाँ टिममा ब्राजिली खेलाडी

एएफपी

सांघाई — ब्राजिलमा जन्मिएका स्ट्राइकर एल्केसनले चीनको राष्ट्रिय टिममा छनोट हुने चिनियाँ वंशबाहिरका पहिलो खेलाडी भएपछि चीनलाई विश्वकपमा पुर्‍याउने चाहना व्यक्त गरेका छन् ।

चिनियाँ टिममा ब्राजिली खेलाडी

हालै तटस्थ बनाइएका ३० वर्षीय उनले इतिहास बनाउँदै मार्सेलो लिप्पीको टिमबाट विश्वकप २०२२ छनोटमा सेप्टेम्बर ४ माल्दिभ्सविरुद्ध हुने खेल खेल्ने अपेक्षा गरिएको छ ।


लिप्पीले पहिलादेखि नै टिमको अग्रपंक्तिलाई लिएर गुनासो गरिरहेका छन् र उनले बुधबार एल्केसनले त्यो रिक्ततालाई पूर्ति गर्ने आशा गरेका छन् । एल्केन्सनले चिनियाँ नाम ‘आई केसेन’ प्रयोग गर्दै चिनियाँ पासपोर्ट लिनेछन् ।


यससँगै ब्राजिली खेलाडी चीनमा खेल्न जाने प्रचलन सुरु गर्ने ठानिएको छ । यसले विश्वकै सर्वाधिक जनसंख्या भएको देशको फुटबल समर्थकलाई विभाजन गर्दै छ । तर, ग्वान्झाउ एभरग्रान्डेका स्ट्राइकरले शंकालाई उछिन्दै मन जित्ने अपेक्षा गरिएको छ ।


‘चिनियाँ नागरिकता पाएपछि मैले फेरि एकपल्ट राष्ट्रिय टिमलाई विश्वकपमा खेल्न योगदान पुर्‍याउने अवसर पाएको छु,’ उनले थपे, ‘म विश्वलाई सुनाउन चाहन्छु कि औपचारिक रूपमा नयाँ यात्रा सुरु गर्दैछु । म चिनियाँ हुँ । मलाई वर्षौर्संम्म गरिएको माया र ध्यानलाई फर्काउन चाहन्छु । मैले सधैंजस्तै समर्थन पाउने आशा गरेको छु ।’


चीनले त्यसैगरी लन्डनमा जन्मिएका मिडफिल्डर निको येनारिसलाई यो वर्षको सुरुमै पासपोर्ट दिइसकेको छ । तर आर्सनल रिजर्भ टिमका यी पूर्व खेलाडी एल्केसनजस्तो होइनन्, आधा चिनियाँ नै हुन् । विश्वकप २०२२ को आयोजक कतारसहित थुप्रैले अरु देशमा जन्मिएका खेलाडीलाई बोलाएका थिए । चीनले भने यसअघिसम्म रोकेको थियो ।


एल्केसनले चिनियाँ सुपरलिगमा १५० जति खेलमा १ सय गोल गरिसकेका छन् । उनी सन् २०१३ देखि चीनमा खेल्न छनोट भएका हुन् । यी फरवार्डले सँधै चिनियाँ फुटबलमा आफ्नो पहिचान छोड्न चाहेको बताएका छन् । ‘म नयाँ चुनौती सामना गर्न चाहन्छु । मेरो सीमितता जहाँ छ, त्यही चाहन्छु,’ उनले भने, ‘यी सात वर्षसम्म चिनियाँ जनताले गरेको मायालाई फर्काउन चाहन्छु । बिना संकोच मैले यो चुनौती स्वीकारेको हो ।’


चीन हाल फिफा वरीयताको ७१ औं स्थानमा रहेको छ । उसले एकपल्टमात्र विश्वकप खेलेको छ । विश्व फुटबलको सबैभन्दा ठूलो उत्सवमा चीन सन् २००२ गोल नगरी र अंक नजोडी समूह चरणबाटै बाहिरिएको थियो ।

प्रकाशित : भाद्र ६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?