कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

पाथीभरा गोल्डकप : एलेभेन एरोज फाइनलमा

ताप्लेजुङ — सुनसरीको एलेभेन एरोज क्लबले पाथीभरा गोल्डकप फुटबलमा बुधबार इलामको रेडहर्स क्लबलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान तय गरेको छ । 

पाथीभरा गोल्डकप : एलेभेन एरोज फाइनलमा

खेलको ४५ औं मिनेटमा यानिक ओनाले गोलको खाता खोलेका थिए । अन्त्यतिर ९१ औं मिनेटमा श्याम चौधरीले सुनसरीका लागि गोल थपे । यानिकले कर्नरबाट आएको बलमा पेनाल्टी बक्स छेउबाट प्रहार गरेको बल गोलमा परिणत भयो ।


प्रतियोगितामा यो उनको तेस्रो गोल हो । यसअघि यूकेएफसी दार्जिलिङ २–० को जित पाउँदा उनले दुई गोल गरेका थिए । यानिक दाउफिन्स क्यामरुनी टोलीका खेलाडी हुन् । खेलको म्यान अफ द म्याच यानिक भए । उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।


श्यामले भने हेड बलमा गोल गरेका हुन् । बक्स अगाडि रहेका उनले कर्नर बल गोलमा परिणत गरे । सुनसरीले क्यामरुनका प्रिसो, यानिक, एक्वेम बारथेमेली, थ्रीस्टारका विष्णु सुनुवार र रुपेश केसी, एनआरटीका जीवन धामी, मनाङ मस्र्याङदीका प्रवेश दनुवार, सरस्वतीका तीर्थ बस्नेतलगायत खेलाडी मैदानमा उतारेको थियो ।


इलामबाट फोफोना, ट्याम्पी, पासाङ शेर्पा, रोहित राई, निशन राईले खेलेका थिए । फिदिम स्पोर्टिङलाई टाइब्रेकरमा ३–२ ले पराजित रेडहर्स सेमिफाइनल पुगेको थियो ।


भानुजन माविको मैदानमा बिहीबार दोस्रो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन रेडस्टार झापा र डाँगीहाट मोरङबीच प्रतिस्पर्धा हुँदै छ ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?