साफ यू–१५ च्याम्पियनसिप : नेपाली युथको एकतर्फी हार

काठमाडौँ — नेपाली टिमले साफ यू–१५ च्याम्पियनसिप २०१९ को पहिलो खेलमै ठूलो झट्का बेहोरेको छ । नेपाली टिम वेस्ट बेंगालस्थित कल्याणी रंगशालामा बुधबार पहिलो खेलमै घरेलु टिम भारतसँग ५–० ले पराजित भयो ।

मुख्य प्रशिक्षक सुनील श्रेष्ठले सम्हालेको नेपाली टिमले पहिलो हाफमा तीन गोल बेहोरेको थियो । एकतर्फी खेलमा भारतले दोस्रो हाफमा दुई गोल थप्यो । गत वर्ष सातदोबाटोमा भएको पाँचौं संस्करणमा तेस्रो स्थानलाई खेल्दा भारतले नेपाललाई १–० ले हराएको थियो । यू–१५ साफमा सन् २०१३ र २०१७ मा उपविजेता हुनु नै नेपालमा सबैभन्दा ठूलो उपलब्धि हो ।


नेपालले दोस्रो खेलमा शुक्रबार श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । डिफेन्डिङ च्याम्पियन बंगलादेश, भारत, नेपाल, भुटान र श्रीलंका सहभागी छैटौं संस्करणमा राउन्ड रोबिन लिगका आधारमा हुँदै छ । समूहको शीर्ष दुईमा रहने टिमले उपाधिलाई प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : भाद्र ५, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?