१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

धरानमा प्रदेश स्तरीय ब्याडमिन्टन हुने 

सुनसरी — धरान मदिरा व्यवसायी संघको आयोजनामा प्रदेश १ स्तरीय गोपाल गुप्ता स्मृति ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मदिरा संघद्वारा धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता धरान–१३ स्थित अमर सेवा समाजको बहुउद्देश्य भवनको कोर्टमा भदौ ९ गते हुने छ । 

प्रतियोगितामा विजयी हुनेले नगद २० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । दोस्रोले १० हजार रुपैयाँ र तेस्रो हुनेले जनही ५–५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ ।


प्रतियोगिता पुरुष डबल्सका इभेन्टहरुमा १६ वटा टिम सहभागी हुने छन् । उदयपुर, सुनसरी, झापा, मोरङ, तेह्रथुम लगायतका जिल्लाका खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ ।


धरानका पुराना थोक बिक्रेता तथा संघका संस्थापक गुप्ताको स्मृतिमा उक्त प्रतियोगिता पहिलो पटक आयोजना गर्न लागिएको हो ।

प्रकाशित : भाद्र २, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?