कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं क्रिकेटमा पाण्डे

कान्तिपुर संवाददाता

काठमाडौँ — अमितवीर पाण्डेलाई अध्यक्षमा चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ । सबै १४ पदाधिकारी मंगलबारको निर्वाचनमा सर्वसम्मत भए ।

नेपाल क्रिकेट संघ (क्यान) को सदस्य रहिसकेका पाण्डेले जिल्ला अध्यक्षमा दिवाकर घलेको स्थान लिएका हुन् ।


उपाध्यक्षमा विजयकुमार शर्मा, सचिवमा वसन्तराज सत्याल, कोषाध्यक्षमा युग बस्नेत तथा सदस्यमा हिमालराज गिरी, मनीष ढुंगेल, अजयवीर पाण्डे, रमन श्रेष्ठ, सामसन जंग थापा, प्रफुल्ल वैध, रितेश डंगोल, महेश्वरी डंगोल, धिरेन्द्र श्रेष्ठ, विजितध्वज चन्द छन् ।


विशेष साधारणसभाले प्रफुल्ल वैद्य, महेश्वरी डंगोल, अजयवीर पाण्डे र राजु बस्न्यातलाई प्रदेश सभाका लागि प्रतिनिधि चुनेको छ । प्रदेश ३ का ६ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, चितवन र मकवानपुरबाट क्यानको केन्द्रीय निर्वाचनमा ३ प्रतिनिधि छान्न पाउने प्रावधान छ ।


काठमाडौंको नयाँ कार्यसमितिसँगै ३९ जिल्लाको निर्वाचन सकिएको छ । यसअघि नै प्रदेश १, ५ र ७ को निर्वाचन सम्पन्न भइसकेको छ । भदौ १५ सम्म जिल्ला र प्रदेशको निर्वाचन सकिसक्न स्वतन्त्र समितिले समयसीमा तोकेको थियो । भदौ अन्तिम साता वा असोज पहिलो साता क्यानको निर्वाचन हुने सम्भावना छ ।


प्रकाशित : श्रावण २९, २०७६ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?