अमेरकी दूतावासले 'रिभ्यु' मा बोलाएर सन्दीपलाई दियो भिसा
काठमाडौँ — काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेलाई भिसा दिएको छ । मंगलबार बिहान दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । उनले भिसा नदिएपछि ट्विट मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।
लामिछानेले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अमेरिकी दूतावासलाई मेन्सन गर्दै मंगलबार बिहान आफू अमेरिकी राजदूतावासमा भिसाको लागि अन्तर्वार्ता दिन गएको र भिसा काउन्सुलर रुखो रुपमा प्रस्तुत हुँदै भिसाको आवदेन अस्वीकृत गरेको ट्विट गरेका थिए ।
त्यसपछि दूतावासले दिउँसो साढे १ बजे रिभ्युका लागि बोलाएको थियो । साढे १ बजे अन्तर्वार्ता लागयतका प्रक्रिया पुरा गरेर भिसा दिएको थियो । लामिछानेले अन्तत: समस्याको समाधान भएको, अमेरिकी दूतावासले गरेको सहयोग र आफ्नो बारेमा चासो राख्ने शुभचिन्तकहरुलाई धन्यवाद दिँदै २ बजेर २७ मिनेटमा ट्विट गरेका छन् ।
सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न जान अमेरिकाको भिसा आवेदन दिएका थिए ।
प्रकाशित : श्रावण २८, २०७६ १४:३८Finally all the issues has been sorted out. Thanks to @USEmbassyNepal for your kind cooperation. Big thanks to all the well wishers and concerned person for putting the valuable efforts. @USAmbNepal @PM_Nepal @PradeepgyawaliK @hello_sarkar @MofaNepal @CPL @BIMTridents
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019