१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सन्दीपको भिसा आवेदन अमेरिकी दूतावासबाट अस्वीकृत

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको छ । सन्दीपले मंगलबार बिहान आफू अमेरिकी राजदूतावासमा भिसाको लागि अन्तरवार्ता दिन गएको र भिसा काउन्सुलर रुखो रुपमा प्रस्तुत हुँदै भिसाको आवदेन अस्वीकृत गरेको ट्वीट गरेका थिए ।

सन्दीपको भिसा आवेदन अमेरिकी दूतावासबाट अस्वीकृत

सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली राष्ट्रिय टोलीका टेक्निकल एनलिष्ट रमन शिवाकोटीका अनुसार उनले अमेरिकाको 'बी १', 'बी २' भिसाका लागि आवेदन दिएका थिए । उनले क्यारेबिएन लिगमा भाग लिनका लागि अमेरिका हुँदै क्यारेबियन मुलुक जानका लागि भिसा आवेदन दिएका हुन् । यसपटकको क्यारेबियन लिगको दोस्रो चरणका खेलहरु अमेरिकामा पनि हुने सम्भावना रहेकोले गर्दा पनि उनले अमेरिकाको भिसा लिएरै त्यस तर्फ चाहेका थिए ।


म्यानेजर शिवाकोटीका अनुसार अमेरिकी दूतावासले सन्दीपलाई दिउँसो १:३० मा पुन: बोलाएको छ ।अमेरिकामा खेलाडीका रुपमा जानका लागि बी १, बी २ वा पी १ भिसाका लागि आवेदन दिनुपर्ने हुन्छ ।


बी १, बी २ भनेको सामान्य पर्यटक भिसा हो र त्यो भिसामा गएर पनि अमेरिकामा कुनै पनि खेलमा प्रतिस्पर्धा गर्न पाइन्छ भने पी १ विशेष गरेर खेलाडीहरुका लागि उपलब्ध गराइने भिसा हो । पी १ भिसामा गएका खेलाडीका लागि भने बी १ वा बी २ मा गएका खेलाडीभन्दा थप केही सुविधा उपलब्ध हुन्छ ।

प्रकाशित : श्रावण २८, २०७६ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?