२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

प्रिमियर लिग : युनाइटेडको उत्कृष्ट सुरुआत

एएफपी

म्यानचेस्टर — मार्कुस रासफोर्डको दुई गोलको सहयोगमा म्यानचेस्टर युनाइटेडले फ्र्रान्क लाम्पार्डले सम्हालेको पहिलो खेलमै चेल्सीलाई ४–० ले हराएर आइतबार प्रिमियर लिगमा उत्कृष्ट सुरुआत गरेको छ ।

प्रिमियर लिग : युनाइटेडको उत्कृष्ट सुरुआत

ओले गनर सोल्सायरको टिमलाई गएको सिजनको अन्त्यतिरको कमजोरी बिर्साउन पनि यो सिजन सुरुमै राम्रो नतिजा आवश्यक छ । खेलको लयको ठीकविपरीत रासफोर्डको पेनाल्टीमा सुरुमै युनाइटेडले अग्रता लियो ।


तर दोस्रो हाफको १६ मिनेटभित्र तीन गोल गरेपछि युनाइटेडले ओल्ड ट्राफोर्डमा खेल कब्जा गरेको थियो । त्यो अवधिमा एन्थोनी मार्सल, रासफोर्ड र डेब्यू गरिरहेका डानियल जेम्सले गोल गरेका थिए ।


‘हामीले चुनौती लिएका थियौं तर त्यो नै भयो यहाँ । जे चाहेका थियौं त्यो पायौं । यो चुनौती र पुरस्कार हो । हामीले पुरस्कार पायौं,’ सोल्सायरले भने । ह्यारी मगायर र आरोन वान–बिसाकाले पनि पछिल्लो पंक्तिमा डेब्यू गर्दै प्रभाव देखाए । यो जोडीलाई युनाइटेडले आफ्नो डिफेन्स सुधार्नका लागि १३ करोड पाउन्ड (१५ करोड ६० लाख अमेरिकी डलर) खर्च गरेको थियो । गएको सिजन युनाइटेडले प्रिमियर लिगमा ५४ गोल बेहोरेको थियो ।


‘मेरो र टिमकै लागि यो उत्कृष्ट सुरुआत हो । हामी पहिलो हाफमा भाग्यमानी पनि रह्यौं । दोस्रो हाफमा हामीले धेरै राम्रो गरेका थियौं,’ ८ करोड पाउन्डमा युनाइटेड पुगेका डिफेन्डर मगायरले विश्वकै सबैभन्दा महँगा डिफेन्डरको रूपमा पहिलो खेल खेलेपछि भने, ‘गत वर्ष यहाँ (ओल्ड ट्राफोर्ड) दुई खेलमा मात्र गोल नबेहोरेको हामीलाई थाहा थियो ।’


गत साता अनुभवी डिफेन्डर डेविड लुइज आर्सनलमा आबद्ध भएकोमा चेल्सीमाथि प्रश्न तेर्सिएको छ । युनाइटेडको काउन्टर अट्याकमा चेल्सी संघर्ष गर्न बाध्य भएको थियो ।


लाम्पार्डको पहिलो रोजाइको टिम छनोट पनि बहादुरीपूर्ण थियो । उनले युवा खेलाडीलाई विश्वास गर्दै ट्याम्मी अब्राहम र मासोन मोन्टलाई विश्वास सुरुमै खेलाएका थिए । गत ‘समर’ मा चेल्सीलाई नयाँ खेलाडीसँग स्म्झौता गर्न प्रतिबन्ध लगाइएको थियो । लाम्पार्डका केही सिनियर खेलाडी पनि घाइते भए । तर उनले त्यसैलाई बहाना बनाउन अस्वीकार गरे ।


‘हाम्रो टिमले लामो अवधिसम्म स्पष्ट रूपमै खेलमा प्रतिस्पर्धा गरेको थियो । हामीले चार गल्ती गर्‍यौं । उनीहरू त्यसमा उत्कृष्ट रहे र अगाडि बढे,’ लाम्पार्डले भने, ‘उनीहरू काउन्टर अट्याकमा खेल्ने टिम हो । यो बलियो पक्ष हो । उनीहरूसँग गति (पेस) छ । अवसरहरू दियो भने उनीहरू काउन्टरमा आउँछन् । खेलको धेरै पक्षमा हामीले उनीहरूलाई त्यस्तो अवसर दिएनौं । हाम्रो लागि पाठ सिक्ने भारी भयो ।’


चेल्सीले आक्रामक सुरुआत गरेको थियो । अब्राहमले सुरुमै प्रहार गरेको बल पोस्टमा लागेको थियो । लाम्पार्डको टिमको डिफेन्सको केन्द्र सधैं कमजोर देखियो । कुर्ट जुमाले आफ्नै क्षेत्रमा मार्सललाई खेल्ने अवसर दिइरहेका थिए ।


युनाइटेडलाई डेविड डी जिया उत्कृष्ट लयमा फर्कन आवश्यक छ । उनले रस बार्कली र एमरसन पाल्मिरीको प्रहारमा उत्कृष्ट बचाउ गरे । अर्कोतर्फ दोस्रो हाफको ६० सकेन्डमा रासफोर्ड र मार्सलले उत्कृष्ट फिनिसिङ गर्दै खेल युनाइटेडको कब्जामा बनाएका थिए । मार्सललाई आन्द्रेस परेइराको क्रसमा पाउल पोग्बाले लोभलाग्दो रूपमा बल उपलब्ध गराएका थिए ।


पोग्बा फेरि र्सिजनशील बने, जतिबेला उनीसँगको वान–टु पासमा रासफोर्डले गोल गरे । ‘हामी फिट छौं । बलियो छौं । दोस्रो हाफबाट हामी अन्त्यतिरको खेलभन्दा योग्य छौं भन्ने हेर्न सक्छौं,’ सोल्सायरले भने, ‘हामीसँग ६ साता राम्रो रह्यो । अझै सुधार भइरहेको छ । हामी खेलको अन्त्यमा पुग्न लागेजस्तै पनि छैनौं ।’

प्रकाशित : श्रावण २८, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?