२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

निमेशलाई चीनमा अर्को स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — सिंगापुर पुलिस फोर्समा कार्यरत नेपाली धावक निमेश गुरुङले चीनमा भइरहेको विश्व पुलिस फायर गेम्समा दोस्रो स्वर्ण जितेका छन् ।

निमेशलाई चीनमा अर्को स्वर्ण

चीनको चान्दुकमा जारी प्रतियोगिताको १० किलोमिटर क्रस कन्ट्री स्पर्धाको स्वर्णका लागि निमेशले ६० देशका ७० प्रतिस्पर्धीलाई पछि पारे ।


सिंगापुर पुलिसमा आबद्ध भए पनि गुरुङको नेपाली पासपोर्ट भएका कारण पदक विजेता सूचीमा उनको परिचय नेपाली नै उल्लेख छ । उनले यसअघि शुक्रबार भएको हाफ म्याराथनमा पनि स्वर्ण जितेका थिए । क्रस कन्ट्रीमा भारतका खेलाडी दोस्रो तथा आयोजक चीनको खेलाडी तेस्रो भए । निमेशले दुई वर्षअघि अमेरिकाको लस एन्जलसमा भएको विश्व पुलिस फायर गेम्समा पनि यी दुवै विधामा स्वर्ण पदक जितेका थिए ।


निमेशले १० हजार मिटर ट्र्याक एन्ड फिल्डमा पनि प्रतिस्पर्धा गर्नेछन् । यो विधाको प्रतिस्पर्धा अर्को आइतबार हुनेछ । सिंगापुर पुलिस फोर्समा कार्यरत निमेश सिंगापुरको घरेलु प्रतियोगितामा स्थापित धावक हुन् । सिंगापुरमा हुने मध्यम दूरीका प्रायः प्रतिस्पर्धा जितिसकेका निमेशले त्यहाँको राष्ट्रिय च्याम्पियनलाई समेत पराजित गरिसकेका छन् ।

प्रकाशित : श्रावण २७, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?