कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

टोटेनहम र आर्सनल व्यस्त

एएफपी

लन्डन — प्रिमियर लिगको ट्रान्सफरको अन्तिम दिन टोटेनहमले जिओभानी लो सेल्सो र रायन सेसेनगोनलाई भित्र्याउने क्रम अन्तिममा पुर्‍याएको छ । तर पाउलो डिबालालाई ल्याउने उनीहरूको सम्भावना मधुरो बनेको छ । 

टोटेनहम र आर्सनल व्यस्त

उत्तरी लन्डनको अर्को टोली आर्सनलले सेल्टिकबाट लेफ्ट ब्याक किइरन टिइर्नी र चेल्सीबाट सेन्टर ब्याक डेबिड लुइजलाई ल्याएर खेलाडी सरुवाको अन्तिम दिन आफूलाई व्यस्त राखेको छ । म्यानचेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकुलाई इन्टर मिलानले लिने निश्चित भएको छ । म्यानचेस्टरले राखेको ८ करोड युरो प्रस्ताव इन्टरले स्विकारिसकेको छ ।


लुकाकु बिहीबार बिहानै नयाँ सरुवालाई टुंग्याउन मिलान पुगिसकेका थिए । यस्तोमा युनाइटेडलाई उनको स्थान लिने खेलाडी समय पाउन गाह्रो पर्नसक्छ । युनाइटेडले युभेन्ट्सका मारियो मान्डजुकिजलाई लिन खोजे पनि त्यो प्रयास सफल हुन सकेन ।

६२ हजार क्षमताको नयाँ रंगशालामा सर्नुका साथै च्याम्पियन्स लिग फाइनलमा पुगेपछि व्यवस्थापक माउरिसियो पोचेटिनोले टोटेनहमका प्रमुख डानियल लेभीमाथि दबाब तेर्स्याउँदै आएका थिए ।


टोलीले यस सिजनका लागि अहिलेसम्म फ्रान्सेली मिडफिल्डर टान्गुए एनडोम्बेलेलाई लियोनबाट मात्र लिएको छ, त्यो पनि क्लबको कीर्तिमानीयुक्त रकममा । ट्रान्सफर विन्डो बिहीबार मध्यरातमा बन्दा हुँदा टोटेनहममा अन्य धेरै खेलाडी आइसक्ने सम्भावना पनि उत्तिकै छ ।


अर्जेन्टिनाका अन्तर्राष्ट्रिय मिडफिल्डर लो सेल्सो एक सिजनका लागि लोनमा टोटेनहम आउने सम्भावना छ । तर अर्को सिजनमा उनको स्थायी सरुवा हुनसक्ने सम्झौतामा रहेको छ । इंग्ल्यान्ड यू–२१ का सेसेनगोनलाई टोटेनहमले २ करोड ५० लाख पाउन्डमा लिएको हो, जुन बढेर ३ करोड पनि पुग्न सक्नेछ । तर डिबालालाई ल्याउने प्रक्रिया भने रोकिएको छ । लुकाकुलाई लिन नपाएपछि युभेन्ट्सले डिबालालाई टोटनहम जानबाट रोकेको हो । डिबालालाई पठाएमा उनको विकल्प तयार राख्न युभेन्ट्सले खोजेको थियो ।

गत सिजनमा आर्सनलले प्रिमियर लिगमा ५१ गोल खर्चेको थियो र लगातार तेस्रोपल्ट च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो । त्यसैले टोली रक्षापंक्ति बलियो बनाउने दाउमा छ । टिइर्नी बुधबार नै लन्डन पुगेका थिए । उनको २ करोड ५० लाख पाउन्ड सम्झौता रकमलाई लिएर दुवै क्लबले सहमति जनाइसकेका छन ।


अब ५ वर्षको सम्झौता पत्रमा हस्ताक्षर हुनेक्रममा छ । लुइज लन्डनको अर्को टोलीमा जान लागेका हुन् । आर्सनलका कप्तान लाउरेन्ट कोस्सीइल्नी यसै साता बोर्डे लागेपछि आर्सनलले लुइजलाई चेल्सीबाट ८० लाख पाउन्डमा लिएको हो ।


युभेन्ट्सबाट राइट ब्याक जाओ कान्सेलोलाई लिएपछि प्रिमियर लिग च्याम्पियन्स म्यानचेस्टर सिटीले अर्को खेलाडी लिने सम्भावना कम छ । युरोपिनय च्याम्पियन्स लिभरपुलका व्यवस्थापक योर्गन क्लोपले थप खेलाडी लिन हतार नरहेको जनाएका छन् ।

प्रकाशित : श्रावण २४, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?