कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

छेवेटारमा नगरपालिकामा खेलकुद प्रशिक्षण केन्द्र निर्माण हुने

हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका–१० छेवेटारमा खेलकुद प्रशिक्षण केन्द्र निर्माण हुने भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ(एन्फा) र गोरखा नगरपालिकाबीच प्रशिक्षण केन्द्र निर्माण गर्न सम्झौता भएको छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

छेवेटारमा नगरपालिकामा खेलकुद प्रशिक्षण केन्द्र निर्माण हुने

एन्फा र नगरपालिकाको सहयोगमा केन्द्र निर्माण हुने गोरखा जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । संरचना निर्माणका लागि झण्डै पाँच सय रोपनी जग्गा आवश्यक रहेको उनको भनाइ छ । ‘जग्गा नगरपालिकाले उपलब्ध गराउनुपर्छ,’ उनले भने, ‘चार किल्ला तोकेपछि बजेट विनियोजन तथा संरचना निर्माणको काम यसै वर्षबाट सुरु हुन्छ ।’


गोरखा नगरपालिकाको कार्यपालिका बैठकबाट चालु वर्षका लागि ६० लाख बजेट केन्द्र निर्माणका लागि विनियोजन भइसकेको छ । फिफासँगको समन्वयमा एन्फाले पनि चालू वर्ष करिब ६० लाख रुपैयाँ विनियोजन गर्ने श्रेष्ठको भनाइ छ । ‘ग्राउण्ड ३ वटा बन्छ,’ उनले भने, ‘एउटा गेम खेल्ने, दुई ग्राउण्ड ट्रेनिङ गर्न र एक फुटसलका लागि बनाउँछौँ ।’ चालू आर्थिक वर्षबाटै भवन निर्माण लगायतका प्रक्रिया सुरु हुने उनले बताए ।


एक महिनाभित्रै प्रशिक्षण केन्द्र निर्माणका लागि जग्गा उपलब्ध गराउने गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । दक्ष खेलाडी उत्पादनमा प्रशिक्षण केन्द्रले योगदान गर्नेछ ।


प्रशिक्षण केन्द्रका लागि पूर्वाधार विकास पहिलो आवश्यकता रहेको एन्फाका अध्यक्ष शेर्पाले बताए । देशभर १० देखि १५ वटा प्रशिक्षण केन्द्र स्थापनाको तयारी थालिएको पनि उनले जानकारी दिए । ‘चार सय देखि पाँच सय खेलाडीलाई आलोपालो ट्रेनिङ गर्न मिल्ने केन्द्र बन्छ,’ उनले भने ।

प्रकाशित : श्रावण २३, २०७६ १५:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?