१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अस्ट्रेलियाको अग्रता

एएफपी

बर्मिङघम — नाथन लायनले ६ विकेट लिएपछि अस्ट्रेलियाले एसेज शृंखलाको पहिलो टेस्टमा सोमबार इंग्ल्यान्डलाई २ सय ५१ रनले पराजित गरेको छ । इंग्ल्यान्डका लागि बलियो साबित हुँदै आएको मैदानमा जित हात पार्दै अस्ट्रेलियाले ५ टेस्ट शृंखलामा जित सुरु गरेको हो । 

अस्ट्रेलियाको अग्रता

३ सय ९८ रनको कठिन चुनौती पाएको इंग्ल्यान्डले भोजनअगाडि १२ रन अन्तरमा ४ विकेट गुमाएको थियो । भोजनपछि पनि त्यही प्रदर्शन जारी रहँदा इंग्ल्यान्ड ९७–७ को स्थितिमा पुगेको थियो । अन्ततः इंग्ल्यान्ड १ सय ४६ रनमा अलआउट भयो । अफ स्पिनर लायनले ४९ रन खर्चेर ६ विकेट लिए । उनले टेस्ट क्रिकेटमा आफ्नो विकेटसंख्या ३ सय ५० पुर्‍याए । तीव्र गतिका बलर प्याट कुमिन्सले ३२ रन खर्चेर ४ विकेट लिए ।


सन् २००१ यता अस्ट्रेलियाले एजबास्टनमा पहिलो टेस्ट जितेको हो । संयोग के छ भने एजबास्टनमा अस्ट्रेलियाले पछिल्लो टेस्ट जित्दा शृंखला पनि जितेको थियो । त्यसयता अस्ट्रेलियाले इंग्लिस भूमिमा शृंखला जित्न सकेको छैन । अस्ट्रेलियाको यस नतिजाले बर्मिङघममा इंग्ल्यान्डको लगातार ११ जितको यात्रालाई पनि टुंगाइदिएको छ ।


इंग्ल्यान्डले विनाक्षति १३ रनबाट दिनको खेल सुरु गरेको थियो । पहिलो इनिङ्समा १ सय ३३ रन बनाएका रोरी बर्न्स पाँचौं दिन फरक समयमा ब्याटिङ गर्ने केवल १० औं क्रिकेटर बने । तर उनले आफ्नो अघिल्लो दिनको ७ रन स्कोरमा ४ रनमात्र थप्न सके र कुमिन्सको बलमा गलीमा लायनलाई क्याच दिन पुगे । विश्वकपमा इंग्ल्यान्डलाई च्याम्पियन बनाउनेक्रममा अस्ट्रेलियाविरुद्धको सेमिफाइनलमा ८५ रन बनाएका जेसन रोय २८ रनमा लायनबाट बोल्ड भए ।


लायनले जो डेनलीलाई ११ र रुटलाई २८ रनमा आउट गरी अस्ट्रेलियालाई विजयतर्फ धकेले । कुमिन्सले जोस बटलरलाई १ रनमा आउट गरेपछि इंग्ल्यान्ड ८५–५ को स्थितिमा पुगेको थियो । जोनी बेरिस्टोलाई ६ रनमा आउट गरी कुमिन्सले टेस्टमा आफ्नो १ सय विकेट पुरा गरे । लायनले बेन स्टोक्सलाई ६ रनमा आउट गरी इंग्ल्यान्डको पतन जारी राखे । पहिलो इनिङ्समा खाता खोल्नै नसकेका मोइन अलीलाई लायनले ४ रनमा आउट गरे । एसेज शृंखलाको ११ इनिङ्समा लायनले अलीलाई ९ पटक आउट गरिसकेका छन् ।


अलीलाई आउट गरेको अर्को बलमा लायनले स्टुवार्ट ब्रोडलाई आउट गरी ह्याट्रिक नजिक पुगे । जेम्स एन्डरसनले लायनको ह्याट्रिकलाई रोके । केही उत्कृष्ट शटहरू प्रहार गरेका क्रिस वोक्सले ७ चौकासहित ३७ रन बनाए । उनलाई कुमिन्सले पेभेलियन फर्काएर इंग्ल्यान्डको दोस्रो इनिङ्स अस्ट्रेलियाले ५३ ओभरभित्र समेटेको थियो ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?