कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

सिटीलाई कम्युनिटी शिल्ड

एएफपी

लन्डन — वेम्बली रंगशालामा भरिभराउ समर्थकका बीच लिभरपुललाई पेनाल्टी सुटआउटमा पराजित गरी म्यान्चेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । सिटीले छैटौं पटक यो उपाधि जितेको हो र २०१५ मा आर्सनलपछि उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ । 

सिटीलाई कम्युनिटी शिल्ड

नियमित समयमा १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो । सिटीले ५–४ गोलअन्तरको विजयसहित उपाधि उचालेको हो । सिटीका गोलरक्षक क्लाउडियो ब्राभोले जर्जिनियो वाइनल्डमको पेनाल्टी बचाए भने सिटीका गाव्रियल जेससले विजयी पेनाल्टी गोल गरेका थिए ।


अघिल्लो सिजनमा इंग्लिस प्रिमियर लिग र एफए कप जितेर कम्युनिटी सिल्डको उपाधि उचाल्ने सिटी पहिलो टोली हो । २००२ मा आर्सनलले पछिल्लो पटक यस्तो सफलता पाउँदा कम्युनिटी शिल्डमा लिभरपुललाई नै १–० ले पराजित गरेको थियो । परमपरागत रूपमा गत सिजनको प्रिमियर लिग र एफए कप विजेताबीच नयाँ सिजनको सुरुआतमा कम्युनिटी शिल्डमा खेल्ने गर्दछन् । सिटीले गत सिजन दुवै उपाधि जितेकाले लिभरपुललाई प्रिमियर लिगमा दोस्रो भएको हिसाबमा सिटीसँग खेल्ने मौका मिलेको थियो ।


१२ औं मिनेटमै रहिम स्टर्लिङले गोल गरी अग्रता दिलाएका थिए । डेभिड सिल्भाको फ्लिकमा उनले नजिकको दूरीबाट गोल गरेका हुन् । सन् २०१५ मा म्यानचेस्टर सिटीमा अनुबन्ध भएयता स्टर्लिङले आफ्नो पूर्व क्लबविरुद्ध पहिलो गोल गरेका हुन् । यसअघिका १० खेलमा स्टर्लिङ लिभरपुलविरुद्ध गोल गर्न असमर्थ रहेका थिए ।


इंग्लिस फुटबलका दुई उत्कृष्ट टिमबीचको प्रतिस्पर्धा निकै रोमान्चक थियो । दोस्रो हाफमा तीनपल्ट बल पोस्टमा लागेर बाहिरिएको थियो । स्टर्लिङले वान भर्सेस वानमा प्रहार गरेको बल पोस्टमा लागेको थियो । लिभरपुलका भर्जिल भान डाइकको हेड बारमा लाग्यो भने मोहम्मद सलाहले पनि पोस्टमा प्रहार गरे ।


गोल गर्न नसकेपछि निराश लिभरपुलका मोहम्मद सलाह  ।

७७ औं मिनेटमा भान डाइकको चलाखीपूर्ण क्रसमा जोइल माटिपले हेडमार्फत गोल गरी युरोपियन च्याम्पियन्स लिभरपुललाई बराबरीमा ल्याए । त्यसपछि खेलमा लिभरपुलले प्रभुत्व कायम राखेको थियो । मोहम्मद सलाह ३ अवसरमा चुक्न पुगेका थिए । त्यसमध्ये अन्तिम मिनेटमा उनको हेडर सिटीका डिफेन्डर केल वाल्करले बाइसाइकल किकमार्फत गोललाइनबाट क्लियर गर्नु उल्लेखनीय थियो ।


नियमित ९० मिनेटको समयमा बराबरी भएपछि सिधै पेनाल्टीमा पुगेको थियो । सिटीका पाँचै खेलाडीले गोल गरेका थिए । सिटीका गुन्डोगान, बर्नान्डो सिल्भा, फिलिप फोडेन, ओलेक्जान्दर जिन्चेन्को र गाव्रियल जेससले गोल गरे । लिभरपुलका जदरान साकिरी, एडम ललाना, एलेक्जान्डर च्याम्बरलिन र सलाहले मात्र गोल गरे ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?