कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गिब्सन बर्खास्त

एएफपी

जोहानेसवर्ग — क्रिकेट दक्षिण अफ्रिकाले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ओटिस गिब्सनसहित सम्पूर्ण कोचिङ स्टाफ र व्यवस्थापन टिमलाई पदच्युत गरेको छ । पछिल्लो साताको बोर्ड बैठकले यो निर्णय लिएको हो ।

गिब्सन बर्खास्त

इंग्ल्यान्ड र वेल्समा सम्पन्न एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले बिर्सनलायक प्रदर्शन गरेको थियो । १० टोली सम्मिलित विश्वकपमा सातौं भएको थियो ।


अर्को महिना विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध हुने तीन टेस्टको शृंखलाअघि दक्षिण अफ्रिकाले आफ्नो प्रशिक्षण र व्यवस्थापन टिममा व्यापक फेरबदल गर्न लागेको हो । क्रिकेट दक्षिण अफ्रिकाको एक विज्ञप्तिमा उल्लेख भएअनुसार उसले फुटबल शैलीको प्रशिक्षक नियुक्त गर्नेछ, जसले प्रशिक्षण टिम, कप्तान, मेडिकल टिम र व्यवस्थापकको जिम्मेवारी लिनेछ । प्रशिक्षकले सिधै क्रिकेट निर्देशकसँग समन्वय गर्ने नयाँ व्यवस्था थपिएको छ ।


पूर्वखेलाडी कोरी भान जिल तत्कालका लागि क्रिकेट दक्षिण अफ्रिकाको हर्ताकर्ता बनेका छन् । पूर्णकालीन नियुक्ति नहुन्जेल उनले कार्यवाहक निर्देशकको जिम्मेवारी लिनेछन् । विज्ञप्तिमा जनाइएअनुसार भान जिल र बोर्डका प्रमुख कार्यकारी थबाङ मोरोईले भारत भ्रमणका लागि अन्तरिम प्रशिक्षण टिम नियुक्त गर्नेछन् ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?