१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हिमालयनलाई उपाधि

कान्तिपुर संवाददाता

काठमाडौँ — स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिपको उपाधि हिमालयन बैंकले जितेको छ । एक्टिभ स्पोर्टस कम्प्लेक्समा शनिबार सम्पन्न फाइनलमा हिमालयनले ग्लोबल आईएमई बैंकलाई ३–० ले हरायो । 

हिमालयनलाई उपाधि

उपाधिसँगै हिमालयनले १ लाख र ग्लोबलले ५० हजार रुपैयाँ पुरस्कार पाए । दुवै टिमका सबै खेलाडीले सन् २०१९ को अन्तिमसम्म एक्टिभ स्पोर्टसको पौडीपोखरीको सदस्यता पाएका छन् ।


व्यक्तिगततर्फ उत्कृष्ट खेलाडी हिमालयनका अचल शर्मा चुनिए । ९ गोल गरेका ३ खेलाडीले संयुक्त पुरस्कार पाए । अचलसहित हिमालयनकै विवेक महर्जन र एनआईसी एसियाका सुरज महर्जन सर्वाधिक गोल स्कोरर भए । हिमालयनका सुरज चन्द उत्कृष्ट गोलरक्षक चुनिए । विजेतालाई नेपाल राष्ट्र बैंकका गभर्नर चिरन्जीवी नेपालले पुरस्कृत गरे । २० बैंक सहभागी फुटसलमा अघिल्लो शनिबार लिग चरण सकिएको थियो ।


शनिबार हिमालयनले प्रभु बैंकलाई ३–२ ले हरायो । फाइनलमा पुग्न उसले सिभिल बैंकको चुनौती ३–२ ले पन्छाएको थियो । एनआईसी एसियालाई ५–४ ले पराजित गरेको ग्लोबल आईएमईले सेमिफाइनलमा मेगा बैंकविरुद्ध ५–० को जित निकालेको हो ।


प्रकाशित : श्रावण १९, २०७६ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?