बैंक फुटसल हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — एक्टिस स्पोर्टस कम्प्लेक्सका आयोजनामा शनिबार पहिलो स्कोडा अन्तर बैंक फुटसल हुने भएको छ । ढोलाहिटीस्थित फुटसल मैदानमा हुने खेलमा २० टिमको सहभागिता रहनेछ । 

आयोजकका अुनसार बैंकका कर्मचारीले मात्र खेल्न पाउने प्रतियोतिगामा सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको छ र सुरुमा लिग चरणको आधारमा खेल हुनेछन् ।


समूहको शीर्ष दुई स्थानमा रहने टिमले क्वाटरफाइनलमा प्रवेश पाउने छन् । प्रतियोगिताका विजेतादले १ लाख र उप विजेताले ५० हजार रूपैयाँ प्राप्त गर्नेछन् । प्रकाशित : श्रावण ८, २०७६ १७:३९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मर्जरमा जाने बैंकलाई सुविधा, बाध्यकारी व्यवस्था ल्याइएन [पूर्णपाठसहित]

मौद्रिक नीति सार्वजनिक
कान्तिपुर संवाददाता

काठमाडौँ — मर्जरमा जाने वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले विभिन्न सुविधाको घोषणा गरेको छ । राष्ट्र बैंकले मर्जरको लागि बाध्यकारी नीति नलिई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति सार्वजनिक गरेको हो । वाणिज्य बैंकहरुले मर्जरमा गई २०७७ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरे विभिन्न सुविधा दिने घोषणा मौद्रिक नीतिमार्फत घोषणा गरिएको छ ।

मर्जरमा जाने बैंकहरुलाई कृषि, ऊर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्‍याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने मौद्रिक नीतिमा उल्लेख छ।यस्तै कर्जा र निक्षेपबीचको व्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि पनि २०७८ असार मसान्तसम्म कायम गरिने गर्भनर चिरञ्जीवी नेपालले जानकारी दिए।

मर्जरमा जाने बैंकहरुले शाखा विस्तार गर्न राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था पनि मौद्रिक नीतिमा गरिएको छ। एकआपमसा गाँभिन बैंकका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको कम्तीमा ६ महिना व्यतित नभई अन्य वित्तीय संस्थामा जान नपाउने प्रावधान पनि लागू नहुने घोषणा गरिएको छ।

मर्जरमा जाने बैंकहरुले चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि पनि २०७८ असार मसान्त कायम गरिने मौद्रिक नीतिमार्फत घोषणा गरिएको छ।

हेर्नुहोस् मौद्रिक नीतिको पूर्णपाठ:


प्रकाशित : श्रावण ८, २०७६ १७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×