कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

घाँटीमा रुद्राक्षको माला, हातमा लाख

विनोद भण्डारी

विराटनगर — प्रदेश १ को सामाजिक विकास मन्त्रालयले विभिन्न खेलका खेलाडी, प्रशिक्षक र अफिसियलसहित २ सय ६७ जनालाई मंगलबार ३८ लाख ५० हजार रुपैयाँ पुरस्कारस्वरुप वितरण गरेको छ ।

घाँटीमा रुद्राक्षको माला, हातमा लाख

पुरस्कृत हुनेमा चार महिनाअघि विराटनगरमा सम्पन्न पाँचौं साफ महिला च्याम्पियनसिपमा दोस्रो हुने नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकसहित २६ जना छन् । उनीहरूलाई मुख्यमन्त्री शेरधन राईले जनही एक एक लाख रुपैयाँ प्रदान गरे । साफताका मुख्यमन्त्री राईले यो पुरस्कार घोषणा गरेका थिए ।

भारतसँग ३–१ गोलले पराजित भएर उपविजेता भएको यो टोलीलाई सोमबार विराटनगर महानगरपालिकाले पनि पुरस्कारस्वरुप जनही ५० हजार रुपैयाँ प्रदान गरेको थियो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा यो प्रदेशवाट सहभागी भएर पदक जित्ने विभिन्न खेलका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरिएको हो । स्वर्ण जित्नेलाई ९ हजार, रजतलाई ५ हजार ५ सय र कांस्य जित्नेलाई ४ हजारका दरले सामाजिक विकासमन्त्री जीवन घिमिरेले पुरस्कृत गरे । सुदूरपश्चिम प्रदेशमा सम्पन्न अन्तर प्रदेश खेलकुदमा सहभागी प्रदेश १ का विजेता र उपविजेता खेलाडीसहित प्रशिक्षक र व्यवस्थापकलाई पनि मन्त्रालयले पुरस्कृत गरेको हो ।

मुख्यमन्त्री राईले प्रदेश १ लाई खेलकुदको राजधानीका रूपमा विकास गर्न सरकारले खेलकुदलाई पहिलो प्राथामिकतामा राखेको बताए । सरकारले चालु आर्थिक वर्षमा प्रदेशको समग्र खेलकुद विकासका लागि ४७ करोड ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गत आर्थिक वर्ष प्रदेश सरकारले विभिन्न १४ खेलका प्रदेशस्तरीय प्रतियोगिता सम्पन्न गरेको थियो । पछिल्लो पटक सम्पन्न मुख्यमन्त्री कप प्रदेशस्तरीय फुटबल लिग असारे विकासझै बजेट सिध्याउनका लागि असार १६ देखि गरिँदा आलोचित हुन पुगेको थियो ।

प्रतियोगिताका लागि प्रदेश सरकारले एक करोड र अखिल नेपाल फुटबल संघले ३३ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रतियोगिता नगरे साउनदेखि बजेट नै फ्रिज हुने भन्दै आयोजना गरिएको प्रतियोगिताको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दलका सचेतक सूयर्माराज राईले छानबिनको माग गरेका छन् ।

सामाजिक विकासमन्त्री घिमिरेले प्रदेश १ का हरेक नगर र गाउँपालिकामा १–१ मैदान र हरेक जिल्लामा १–१ रंगशाला बनाउने प्रदेश सरकारको योजना रहेको बताए । उनले विराटनगरको बैजनाथ रंगशालालाई अन्तराष्ट्रिय स्तरको रंगशालाका रूपमा विकसित गर्ने बताए ।

प्रकाशित : श्रावण ८, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?