१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'अफवाहको मतलब छैन’

रोयटर्स

टोकियो — बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले नोउ क्याम्पमा आफ्नो काउन्टडाउन सुरु भइसकेको स्विकारेका छन् । तर अहिले उनी स्पेनिस च्याम्पियन टोलीसँगै नयाँ सिजनको तयारीमा ध्यान दिइरहेका छन् ।

'अफवाहको मतलब छैन’

डच टिम अयाक्सबाट फ्रेन्की डी जोङको आगमन र ३१ वर्षीय मिडफिल्डर सर्जियो बुस्केटको सम्झौता गत सिजन ५ वर्षका लागि थपिएपछि बार्सिलोनाको मिडफिल्डमा विकल्पहरू पर्याप्त थिए ।


त्यसैले यी क्रोएसियालीले यो समरमा बार्सिलोनाबाट बिदा लिनसक्ने अनुमान गरिएको थियो । प्रि–सिजन टुरअन्तर्गत जापानमा चेल्सीविरुद्धको खेलअघि पत्रकार सम्मेलनमा राकिटिचले आफ्नो भविष्यबारे थुप्रै अफवाह फैलाइएको दाबी गरे । तर ती भ्रामक प्रचारसँग उनी परिचित भइसकेका छन् ।


पत्रकार सम्मेलनमा आसन्न कदमबारे सोधिएको प्रश्नमा राकिटिचले भने, ‘यस्ता हल्लाले मलाई निराश पार्दैन । फुटबलमा यस्ता हल्ला सामान्य हुन् भन्ने कुरा तपाईहरूले पनि बुझ्नुपर्‍यो । केही हदसम्म यो मेरा लागि गर्वको कुरा पनि हो । यदि अन्य टिमले मेराबारे सोचिरहेको छ भने मैले यहाँ वास्तवमै उत्कृष्ट प्रदर्शन गरिरहेको छु ।’


राकिटिचका अनुसार उनी बार्सिलोनामै फुटबलबाट असन्तुष्टि लिने प्रयास गरिरहेका छन् । अघिल्लो सिजनको अव्यवस्थित प्रदर्शन बिर्सेर बार्सिलोना उत्कृष्ट सिजन सुरु गर्ने लक्ष्यअनुसार तयारीमा छ । ३१ वर्षीय मिडफिल्डर राकिटिचले भने, ‘मेराबारे बोल्नुभन्दा क्लबले अन्य मुद्दालाई अहिले ध्यान दिइरहेको छ ।’


यसै महिना ला लिगा प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट अनुबन्ध गरिएका एन्टोनियो ग्रिजमनको आगमनसँगै प्रशिक्षक अर्नेस्टो भाल्भर्डेको अग्रपंक्ति सानदार बनेको छ । लियोनल मेसी, लुइस स्वारेज, फिलिप कोउटिन्हो र ओस्मान डेम्बेलेको समूहमा ग्रिजमन सामेल छन् ।


विश्व विजेता फ्रान्सेली टोलीका सदस्य ग्रिजमनले सम्भवतः मंगलबार बार्सिलोनाको जर्सीमा पहिलो खेल खेल्नेछन् । उनले बार्सिलोना र एट्लेटिकोको खेलशैलीमा धेरै अन्तर रहेकाले नयाँ शैलीमा समायोजित हुने प्रयास गर्ने बताएका छन् ।


‘आक्रमणको तरिका विल्कुल फरक छ,’ ग्रिजमनले भने, ‘एट्लेटिकोले निकै तीव्र गतिको आक्रमणलाई विश्वास गर्छ भने यहाँ निकै धैर्य हुनुपर्छ । म त्यसैगरी अनुकूलित हुनेछु, जस्तो एट्लेटिकोमा गरेको थिएँ ।’

प्रकाशित : श्रावण ७, २०७६ ०८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?