कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युनाइटेडद्वारा इन्टर पराजित

एएफपी

सिंगापुर — किशोर स्ट्राइकर मेसन ग्रिनउडले सब्स्टिच्युडका रूपमा आएर १५ मिनेट बाँकी छँदा सानदार गोल गरेपछि प्रि–सिजन टुरको मैत्रीपूर्ण खेलमा इंग्लिस टोली म्यान्चेस्टर युनाइटेडले इटलीको इन्टरमिलानमाथि १–० गोलअन्तरको जित हासिल गरेको छ । 

प्रिमियर लिग टोली युनाइटेडको सुरुदेखि अन्त्यसम्मको प्रभावशाली प्रदर्शन र चुस्त खेलशैलीले ठूलो अन्तरको जित आवश्यक थियो । तर यो सकारात्मक खेलले सायद प्रशिक्षक ओले गनर सोल्स्सायर खुसी मनाइरहेका होलान् । नयाँ प्रशिक्षक एन्टोनियो कान्टेको प्रशिक्षणमा इन्टर मिलान आफ्नो स्वाभाविक लय भेट्टाउन प्रयासरत देखिन्छ ।


युनाइटेडको अग्रपंक्तिले दुवै हाफमा गोलका थुप्रै अवसर सिर्जना गरेका थिए । तर इन्टरमिलानको दृढ रक्षापंक्तिलाई माथ दिँदै १७

वर्षीय ग्रिनउडले जादुयी गोलका लागि ७५ मिनेटसम्म प्रतीक्षा गर्नुपर्‍यो । प्रि–सिजन टुरअन्तर्गत अस्ट्रेलिया र एसिया भ्रमणमा ग्रिनउडले आफ्नो प्रदर्शनबाट सबैको ध्यानाकृष्ट पारेका छन् ।

प्रकाशित : श्रावण ५, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?