१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आइरिस यी कप्तान

बीबीसी

लन्डन — कुनै पनि खेल होस्, कोही पनि आइरिस प्रशंसकले कहिल्यै पनि इंग्ल्यान्डको समर्थन गर्दैनन् । जति बेला विश्वकप क्रिकेटको लर्ड्समा भएको फाइनलमा इंग्ल्यान्डले न्युजिल्यान्डको सामना गरेको थियो, ती सबै समीकरण फेरिए ।

आइरिस यी कप्तान

आखिरमा उपाधि इंग्ल्यान्डले जित्यो र यो टिमका कप्तान अरू कोही नभएर आइरिस थिए । उनी हुन् डब्लिनमा जन्मेका इयान मोर्गन । आइरिस प्रधानमन्त्री स्वयंले टिट गर्दै इंग्ल्यान्डको जितमा खुसी मनाए ।


मोर्गन अहिले ३२ वर्षका भए । डब्लिनको उनको परिवार ६ सन्तानको थियो । पछि मोर्गनले विवाह गरेका तारा रिग्डवे थिइन् अस्ट्रेलियाली । आयरल्यान्डमा क्रिकेट खासै लोकप्रिय खेल होइन, यसलाई पछ्याउने कमै छन् । रग्बी त्यहाँ सबैभन्दा बढी मन पराइएको खेल हो । एउटा भने तय थियो, मोर्गनले कुनै दिन गएर खेल्ने भनेकै क्रिकेट थियो । भनिन्छ, उनका जिजु बाजे स्वयं क्रिकेटमा ठूला पारखी थिए । त्यही गुण पनाति मोर्गनमा सर्‍यो ।


डब्लिनको सानो कुना रस भन्ने स्थानमा एउटा सानो क्रिकेट क्लब थियो । त्यहीं मोर्गनले क्रिकेट खेल्न सिके । जति बेला इंग्ल्यान्डले न्युजिल्यान्डलाई फाइनलमा हराएको थियो, त्यति बेला त्यहाँ पनि त्यत्तिकै खुसीयाली मनाइएको थियो । जति इंग्ल्यान्डका अरू कुनै क्रिकेट क्लबमा । आजभोलि उनी मिडलसेक्सका लागि काउन्टी क्रिकेट खेल्छन् । सानो छँदा उनी क्रिकेटमात्र होइन, अरू खेलमा पनि उत्तिकै रूचि राख्थे । पछि उनले व्यावसायिक क्रिकेट खेल्ने बाटो नै रोजे ।


सन् २०१४ मा मोगर्न एकदिवसीय कप्तान नियुक्त भएका थिए, एलिस्टर कुकको स्थानमा । यो काम २०१५ मा विश्वकपको ठीकअगाडि भएको थियो । लगभग दुई महिनाअघि मात्र । त्यो विश्वकपका इंग्ल्यान्ड साह्रै नमज्जासँग लिग चरणबाटै बाहिरियो, क्वाटरफाइनल पनि पुग्न सकेन । यो कोही पनि कप्तानका लागि उत्तिकै खराब सुरुआत थियो । त्यसपछि इंग्ल्यान्डले सेतो बलको एकदिवसीय क्रिकेटलाई पनि गम्भीरतापूर्वक लियो ।


नतिजा, यस विश्वकप सुरु हुनुअगाडि एकदिवसीय वरीयताको शीर्षस्थानमा इंग्ल्यान्ड नै थियो । प्रतियोगिताको समाप्तिमा विजेता पनि यही इंग्ल्यान्ड नै रह्यो । फाइनलको जितपछि यी मोर्गन जुनियरलाई उनका बुवा जोडी मोर्गनले खुसीले अँगालो मारे र भने, ‘आयरल्यान्डका कोही कसैले इंग्ल्यान्डका लागि गर्विलो काम गरेका छन् भने ती मोर्गन नै हुन् । उनी हाम्रो परिवारमा क्रिकेट खेल्ने चौथो पुस्ताका खलाडी हुन् । जितमा जति म भावुक भएँ । उनी पनि उत्तिकै थिए तर बाहिर कसैलाई देखाएनन् ।’


यी बुवा मोर्गन के मान्छन् भने छोरा मोर्गन यत्तिको सफलताको हकदार थिए नै । किनभने यहाँसम्म पुग्न उनले धेरै मिहिनेतको यात्रा तय गरेका छन् । उनलाई आफूले गरेको काममा पनि वास्तवमै गर्व छ ।


खासमा मोर्गनका आमा भने इंग्लिस हुन् । उनले सन् २००६ मा आयरल्यान्डका लागि एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यू गरेका थिए । उनी माथिल्लो दर्जाका व्यावसायिक क्रिकेट खेल्न चाहन्थे, त्यो आयरल्यान्डबाट खेल्दा सम्भव थिएन ।


यस्तो किनभन्दा त्यति बेला आयरल्यान्डलाई टेस्ट टिमको मान्यता थिएन । आइरिस भएर इंग्ल्यान्डका लागि क्रिकेट खेल्ने सोच पनि बिरलै हुने गर्छ, तर मोर्गन नै यस्तो गर्ने पहिलो खेलाडी भने थिएनन् । इड जोयसीले सुरुमा आयरल्यान्डका लागि खेले, पछि इंग्ल्यान्डका पनि खेले । त्यसकोपछि उनले फेरि आयरल्यान्डका लागि खेले । सन् २०११ को विश्वकपमा उनी आइरिस टिमका सदस्य थिए, अहिले ४० वर्षका भइसकेका छन् ।


मध्यम गतिका बलर ब्योड र्‍याकिनले पनि २०१२ सम्म आयरल्यान्डका लागि खेलेपछि इंग्ल्यान्डबाट पनि खेले । यी सबैबीच अपवाद थिए मोर्गन । उनका पूर्व साथी तथा आयरल्यान्ड टिमका कप्तान पनि भइसकेका केहली म्याककलन मान्छन्, ‘मोर्गनको यात्रामा आश्चर्य मान्नुपर्ने केही छैन । सुरुदेखि नै उनी माथिल्लो स्तरको क्रिकेट खेल्न चाहन्थे, विश्वकै उत्कृष्ट खेलाडी हुन चाहन्थे, जुन त्यति बेला आयरल्यान्ड टिमबाट सम्भव थिएन ।’


सन् २०१७ मा आयरल्यान्डसँगै अफगानिस्तानले पनि टेस्ट टिमको मान्यता पायो अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट । ‘अब हामी पनि टेस्ट टिम भयौं, ‘अब हाम्रो टिममा रहेका कोही पनि मोगर्नजस्ता खेलाडीले आफ्नो देश परिवर्तन गर्नुपर्ने छैन । आयरल्यान्डका अबका खेलाडीका लागि मोर्गन प्रेरणा भने रहनेछन्,’ म्याकलन भन्छन्, ‘मोर्गनले अहिले इंग्ल्यान्डकै लागि खेलिरहे पनि उनको डब्लिनसँगको गहिरो सम्बन्धका कारण हामी सबै खुसी भने छौं उनको उपलब्धिमा ।’


टम फोर्डसी

प्रकाशित : श्रावण ४, २०७६ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?