कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

फेडेररलाई उछिन्ने धोको

एएफपी

लन्डन — सर्बियाली नोभाक जोकोभिचले रोजर फेडेररलाई उछिन्दै सबैभन्दा बढी ग्रान्ड स्लाम जित्ने खेलाडी बन्ने आफ्नो धोको रहेको बताएका छन् । त्यसका लागि आफ्ना प्रतिद्वन्द्वी खेलाडीका समर्थकको मन जित्ने आफूले प्रयास गर्ने बताए । 

फेडेररलाई उछिन्ने धोको

विश्व नम्बर एक जोकोभिचले दुई म्याच प्वाइन्ट जोगाउँदै आइतबार पाँचौं विम्बल्डन टेनिस जितेका थिए । उनको यो १६ औं ग्रान्ड स्लाम हो । यसक्रममा स्वीस स्टार फेडेररको सबैभन्दा बढी उमेरमा ग्रान्ड स्लाम जित्ने सपना तुहिएको थियो ।


फाइनल विम्बल्डन इतिहासमै सबैभन्दा लामो समय चलेको खेल पनि रह्यो । खेलको अधिकांस समय ३७ वर्षीय फेडेररको छायाँमा रहे पनि जोकोभिच ७–६ (७–५), १–६, ७–६ (७–४), ४–६, १३–१२ (७–३) ले विजयी रहे । अन्तिम सेट टाइब्रेकमा टुंगेको फाइनलमध्ये सबैभन्दा बढी चलेको खेल सकिँदा ४ घन्टा ५७ मिनेट लागेको थियो । अन्तिम सेट १ सय २२ मिनेट चल्यो । निर्णायक सेटको १६ औं गेममा दुई म्याच प्वाइन्ट जोगाएका जोकोभिच यस्तो स्थितिमा पनि उपाधि जित्ने ७१ वर्षयता पहिलो खेलाडी बने । सन् १९४८ मा बब फल्कनबर्गले त्यो उपलब्धिमा उपाधि जितेका थिए ।


यस जितपछि जोकोभिच स्पेनिस राफेल नाडलले भन्दा दुई र फेडेररको २० ग्रान्ड स्लाम उपाधिभन्दा चारले पछाडि छन् । उनी नाडलभन्दा कान्छा छन् । फेडेररसँग उनको उमेर अन्तर ४ वर्ष रहेको छ । फाइनल जितपछि उनले फेडेररलाई उछिन्ने धोको रहेको बताए । आफ्नो खेलजीवनको अधिकांस समय नाडल र फेथिए ।


उनले भने, ‘खेलमा दर्शकको ठूलो भूमिका हुन्छ । आफ्ना समर्थकबीच खेल्नुको सजिलो अरू केही हुन्न । तर समर्थक आफ्नो पक्षमा छैनन् भने केही न केही उपाय निकाल्नुपर्ने हुन्छ ।’ उनले फेडेररले जितेको ग्रान्ड स्लाम उपाधिलाई उछिन्न सक्ने हो वा होइन त्यसबारे ठोकुवा गर्न भने नसकिने बताए । ‘यसबारे प्रस्ट म केही पनि भन्न सक्दिनँ । तर फेडेरर र उनलाई उछिन्ने धोकाले मलाई राम्रो खेल्न सधैं प्रेरित भने गर्नेछ ।’


जोकोभिचसँगै नाडल र फेडेररको तीन ठूला खेलाडीको समूहमा सर्बियाली खेलाडीको प्रदर्शन नै समान रूपमा बढी उत्कृष्ट रहेको छ । सन् २०१५ यता उनले १९ मध्ये ९ ग्रान्ड स्लाम जितेका छन् । त्यसमध्ये नाडलले ४ र फेडेररले ३ उपाधि आफ्नो नाममा लेखाएका छन् । त्यसबाहेक यो समयमा अर्का स्वीस स्टान वावरिन्काले २, बेलायती एन्डी मरेले १ ग्रान्ड स्लाम उपाधि जितेका छन् । ‘म सधैं आफ्नो खेलमा बढी विश्वास गर्छु । त्यसैले म आफ्नै खेलमा बढी केन्द्रित हुन चाहान्छु,’ जोकोभिचले भने ।

प्रकाशित : असार ३१, २०७६ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?