३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

विलियम्सनको फरक पारा

(लन्डन) — एकदिवसीय क्रिकेट टिममा कति जति स्टार खेलाडी चाहिन्छ ? अहिलेको एकदिवसीय क्रिकेटका महाशक्ति भारत, अस्ट्रेलिया र इंग्ल्यान्डसँग धेरै छन् । ६ देखि ७ जनासम्म । तर यिनै टिममध्ये खाली इंग्ल्यान्डमात्र फाइनल पुगेको छ यसपालिको विश्वकपमा ।

विलियम्सनको फरक पारा

फाइनल पुग्ने अर्को टिम हो न्युजिल्यान्ड । यो टिममा रहेका स्टार खेलाडीको संख्या हो साढे दुई । जेम्स मिल्नरले भने जस्तै खेलकुदमा ग्ल्यामर्स मात्र कहाँ सबथोक हो र ?


न्युजिल्यान्डका यी साढे दुई स्टार खेलाडी को को हुन त ? पहिलो त ट्रेन्ट बोल्ट भए । उनकै बायाँ हाते इन–स्विङमा भारतीय कप्तान चित खाएका थिए सेमिफाइनलमा । आधा स्टार लुकी फर्गुसन हुन् । उनी तीव्र गतिका उदीयमान बलर हुन् । उनी स्कुल क्रिकेटबाट सिधै ठूलो स्तरमा खेल्न आएका खेलाडीझैं छन् । यो सूचीमा ६ साताअगाडिको मात्र कुरा थियो भने मार्टिन गुप्टिल पनि पर्थे । उनी न्युजिल्यान्डका आक्रामक ब्याट्सम्यान हुन् । तर अहिले उनी विशेषज्ञ फिल्डरमै सीमित छन् ।


न्युजिल्यान्ड टिममा खास स्टार खेलाडी भनेकै केन विलियम्सन हुन् त्यो पनि ५ वर्षदेखि । उनी उत्कृष्ट क्रिकेट खेलाडी हुन्, त्यो पनि फरक पाराका । यसपालिको विश्वकपमा पिचको व्यवहार अनौठो रहेको छ । यसै पिचमा कोही कसैले नियमित एकै प्रकारले उत्कृष्ट हुँदै खेलेको छ भने त्यो विलियम्सन नै हो । उनलाई ४० रन अगाडि नै रोक्नु छ भने त्यसका लागि भाग्य चाहिन्छ । जस्तो इंग्ल्यान्डविरुद्धको खेलमा भएको थियो ।


बलरको औंलामा बल लागेर रनआउट हुन्छ भने त्यसमा विलियम्सनको के दोष ? उनको विशेषता भन्नु नै अपेक्षाभन्दा धेरै गर्नु हो । उनको कलेज टिम टउरान्गा ब्वाइजका प्रशिक्षकले विलियम्सनबारे एकपल्ट भन्थे, ‘यी खेलाडी खुबै हिसाब गरेर खेल्छन् ।’ न्युजिल्यान्ड हेराल्डमा यी प्रशिक्षकको भनाइ थियो, ‘विलियम्सन सानो छँदै सोध्ने गर्थे, मैले यति यति गरें भने यसको परिणाम के कस्तो हुन्छ ?’ सुरुदेखि उनी यस्तै खाले थिए ।


दक्षिण अफ्रिकाविरुद्धको खेल पनि दुवै तनावपूर्ण स्थितिमा थियो । कसले कहिले जित्ने हो टुंगो थिएन । त्यही बेला विलियम्सनले छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे । लगत्तै चौका प्रहार गरे र निश्चित गरे जित पनि । वेस्ट इन्डिजविरुद्धको यस्तै तनावपूर्ण खेलमा पनि उनले आफ्नो खेलजीवनकै उत्कृष्ट स्कोर खडा गरे १ सय ४८ रन । भारतविरुद्ध सेमिफाइनलमा पनि उनले ६७ रन बनाए । खेल आफ्नो पकडबाट खस्कँदै गर्दा उनले दुई क्याच पनि लिए ।


यी दुई क्याचका क्रममा उनले आफूलाई कहिले पनि दबाबमा देखाएनन् । अहिलेको विश्व क्रिकेटमा मध्यक्रममा चार ठूला नामका ब्याट्सम्यान छन् । त्यसमध्ये सबैभन्दा अगाडि छन्, यिनै विलियम्सन । भारतका विराट कोहलीलाई घमण्डले नै हराउने गर्छ । इंग्ल्यान्डका जो रुटलाई टेस्ट क्रिकेट नै बढी मनपर्छ । अस्ट्रेलियाका स्टिभ स्मिथ निर्णायक मोडमा चुक्ने गर्छन् । साँच्चै सबैभन्दा अगाडि छन् त विलियम्सन नै । उनी त्यस्ता कप्तान हुन्, जसले अरूलाई उदाहरण दिने खालको खेल खेल्छन् ।


विलियम्सनसँग रोहित शर्मा जस्ता खेलाडी छैन, जसले शतक बनाउने तयजस्तै हुन्छ । यस विश्वकपमा न्युजिल्यान्डले जति रन बनाएको छ, त्यसको एकतिहाइ त विलियम्सनकै ब्याटबाट निस्केको छ । दुब्ला तर ५ फिट ९ इन्च अग्ला यी विलियम्सनकै काँधमा छ न्युजिल्यान्ड टिमको विश्वास । ग्राहम गुचले एकपल्ट रिचर्ड हेडलीलाई लिएर भन्थे, ‘कहिलेकाहीं लाग्छ, न्युजिल्यान्ड विश्वकै सबैभन्दा उत्कृष्ट टिम हो । कहिलेकाहीं लाग्छ, यो जत्तिको कमजोर टिम पनि छैन ।’

यसपल्टको विश्वकपमा सबैभन्दा कम रनरेटमा रन बनाउने टिम न्युजिल्यान्ड नै हो ।


अफगानिस्तानलाई अपवाद मानेर । उसको रनरेट ४.९९ मात्र छ । त्यति मात्र होइन, न्युजिल्यान्डले तीन सय रनको स्कोर पनि छुन सकेको छैन जारी विश्वकपमा । तर टिम फाइनल पुगेकै छ । यो सबैको जस विलियम्सनलाई नदिएर कहाँ सुख पाइन्छ ? उनी किवी टिम कस्तो छ भन्दा त्यसका छवि हुन् ।


टेस्ट खेल्न नै जन्मेका खेलाडीजस्ता देखिने विमियम्सन ट्वान्टी–२० क्रिकेटका लागि पनि उत्तिकै ठीक देखिन्छन् । नत्र उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादको कप्तानी गर्ने थिएनन् । उनी पक्कै पनि भलाद्मी छन् । यसमा कुनै शंका छैन । तर उनी त्यस्तो कुनै बानीव्यहोरा देखाउँदैनन्, जसले कोही कसैलाई रिस उठोस् । खासमा उनी सफलताका लागि भोका त पक्कै छन् । त्यसका लागि कुनै प्रकारको मूल्य पनि चुकाउन चाहँदैनन् । उनको पारा नै भिन्न छ ।

टिम डे लिस्ले, द गार्डियन



प्रकाशित : असार २९, २०७६ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?