ग्रिजमन बार्सिलोनामा

एएफपी

बार्सिलोना — स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट १२ करोड युरोमा विश्वकप विजेता एन्टोइन ग्रिजमनलाई शुक्रबार भित्र्याएको छ  । ‘यी खेलाडीले आफ्नो नयाँ क्लबसँग पाँच सिजनका लागि सम्झौता गरेका छन्  ।

बार्सिलोना – स्पेनी च्याम्पियन बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी एट्लेटिको म्याड्रिडबाट १२ करोड युरोमा विश्वकप विजेता एन्टोइन ग्रिजमनलाई शुक्रबार भित्र्याएको छ ।‘यी खेलाडीले आफ्नो नयाँ क्लबसँग पाँच सिजनका लागि सम्झौता गरेका छन् । सम्झौता जुन ३०, २०२४ सम्म रहनेछ र क्लब छाड्नका लागि ८० करोड युरो तोकिएको छ,’ बार्सिलोनाले विज्ञप्तिमार्फत् भनेको छ ।लामो समयदेखि क्याटलन महारथी जाने लक्ष्य बनाएका ग्रिजमन र दुई क्लबबीचको द्वन्द्व शुक्रबारको घोषणाले अन्त्य गरिदियो । वान्डा महानगरमा मेमा क्लब छाड्ने घोषणा गरेका २८ वर्षीय ग्रिजमन आइतबार आफ्नो टिमको प्रि–सिजन भेलामा उपस्थित हुन सकेनन् । उनको फुकुवा गर्ने गत महिना मूल्य २० करोडबाट १२ करोड युरोमा झार्दासम्म पनि उनको गन्तव्यबारे टुंगो थिएन ।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले रियल सोसिडाडका पूर्व फरवार्डबारे दुई क्लबको वार्ता भएको सार्वजनिक गरेपछि गत साता एट्लेटिकोले सम्मान गर्न नसकेको आरोप लगाएको थियो । एट्लेटिकोले बार्सिलोनासँगको सहमति मार्चमा स्थगित गरिएको ग्रिजमनले बताएको दाबी पनि गरेको थियो, जुन च्याम्पियन्स लिग अन्तिम १६ मा युभेन्ट्सविरुद्ध दोस्रो लेगको अघिल्लो दिन थियो । पहिलो लेगमा २–० को अग्रता लिएर पनि म्याड्रिडमा क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकले एट्लेटिको च्याम्पियन्स लिगबाट बाहिरिएको थियो ।
ग्रिजमन सन् २०१४ मा एट्लेटिको पुगेका थिए । युरोपा लिग २०१८ जितेका उनले त्यहाँ २ सय ५७ खेलमा १ सय ३३ गोल गरेका थिए । घरेलु भूमिमा फ्रान्सलाई फाइनलमा पोर्चुगलले पराजित गर्दा उनले युरो २०१६ को गोल्डेन बुट हात पारेका थिए । त्यसपछि उनले गत वर्ष रुसमा फ्रान्सलाई विश्वकप विजेता बनाउन सहयोग गरेका थिए ।
एट्लेटिकोले उदीयमान स्टार जाओ फेलिक्सलाई गत साता बेन्फिकाबाट अनुबन्ध गरेपछि ग्रिजमनलाई बेचेको हो । १९ वर्षीय फेलिक्स इतिहासमै पाँचौ महँगा फुटबलर बने । राजधानीको क्लबले कीर्तिमान मूल्य लगाएको हो भने पोर्चुगिज टिमले सबैभन्दा बढी मूल्य पाएको हो । त्यसले पनि आर्थिक रूपमा ग्रिजमनलाई बिक्री गर्ने बाटो निम्त्याएको हो । फेलिक्स गत सिजन चर्चामा आएका थिए, जति बेला उनले २० गोल गर्दै थप ११ गोलको अवसर सिर्जना गरेका थिए । बेन्फिकाले प्रिमेरा लिगको उपाधि जित्यो र युरोपा लिगको क्वाटरफाइनल यात्रा पनि गरेको थियो ।एट्लेटिकोले शुक्रबार बेन्फिकामा फेलिक्सका पूर्व सहकर्मी २० वर्षीय इभान सापोन्जिकलाई तीनवर्षे सम्झौता गर्दै स्पेन ल्याएको घोषणा पनि गर्‍यो । प्रकाशित : असार २८, २०७६ १७:०९

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रसिदलाई अफगानको जिम्मेवारी

एएफपी

काबुल — विश्वकपमा निकै निराशाजनक प्रदर्शन गरेका ट्वान्टी–२० का सनसनीपूर्ण खेलाडी लेग स्पिनर रसिद खानलाई अफगान क्रिकेट बोर्ड (एसीबी) ले शुक्रबार सबै फर्म्याटको कप्तान बनाएको छ  । एसीबीले टिटरमार्फत अरु पूर्ण जानकारी नदिए पनि अस्घर अफगानलाई उपकप्तान बनाएको जनाएको छ  ।

अफगानिस्तानबाट सानदार प्रदर्शन गर्दै अएका उनलाई विश्वकप क्रिकेटको एक महत्त्वपूर्ण खेलाडीका रूपमा हेरिएको थियो । विश्वका ग्लोबल फ्रेन्चाइजी क्रिकेटमा पनि उच्च प्रदर्शन गर्दै आएका रसिदले विश्वकपमा भने निकै कमजोर खेल देखाए । उनले ९ खेलमा ६ विकेटमात्र लिन सके, जसका कारण अफगानिस्तानले ९ खेलमा एउटमा पनि जित हात पार्न सकेन ।


विश्वकपमा अफगानिस्तानको कप्तानी गरेका गुलबदिन नैबले वेस्ट इन्डिजसँगको खेलमा हारपछि आफ्ना प्रमुख स्पिनरको बचाउ गर्दै भनेका थिए, ‘उनले शतप्रतिशत दिएकै हुन् ।’ ट्वान्टी–२० वरीयतामा विश्व नम्बर एक २० वर्षे रशिद ४४ खेलमा सबैभन्दा चाँडो १ सय एकदिवसीय अन्तर्राष्ट्रिय विकेट लिने खेलाडी पनि हुन् ।


युद्धग्रस्त अफगानिस्तानको क्रिकेटयात्रा आधुनिक खेलकुदका लागि परीको कथाजस्तै छ । छिमेकी पाकिस्तानको शरणार्थी क्याम्पमा हुर्केका खेलाडी बाहुल्य रहेको अफगानिस्तानको क्रिकेटलाई यो स्थितिमा ल्याएका छन् । तर दोस्रो पटक विश्वकप खेलिरहेको अफगानिस्तानका लागि यस पटकको यात्रा पनि अनुभवमात्र रह्यो । उनीहरूको ब्याटिङ क्षमता र स्तरीय सिम बलिङमा प्रश्न उठेको थियो ।


तीन महिनाअघि अर्थात विश्वकप सुरु हुनु एक महिनाअगाडि अफगानिस्तानको कप्तानमा पूरै फेरबदल गरिएको थियो । त्यसअनुसार रहमत शाहलाई टेस्ट कप्तान बनाइएको थियो । शाह कुनै टेस्टमा कप्तानी नगरी बर्खास्तगीमा परेका छन् । रसिदले टेस्टमा पनि अफगानिस्तानको नेतृत्व गर्नेछन् ।

प्रकाशित : असार २८, २०७६ १७:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×