२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

पारसको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

काठमाडौँ — मलेसियाविरुद्धको पहिलो टी ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले सहज जित हात पारेको छ । 
सिंगापुरमा आयोजना हुने आइसिसी टी–२० विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले मलेसियालाई सात विकेटले पराजित गर्दै विजयी भएको हो ।  

पारसको उत्कृष्ट ब्याटिङमा नेपाल विजयी

क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको मलेसिया विरुद्वको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले नेपाललाई जितको लागि १२९ रनको चुनौती दिएको थियो ।


कूल १२९ रनको विजय लक्ष्य बोकेर मैदान उत्रेको नेपाल १८ दशमलव ३ ओभरमा मात्र तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा कप्तान पारस खड्काले ८६ रनको अर्धशतकीय इनिङ् खेले । उनले ५० बल खेल्दै पाँच छक्का र आठ चौकाको मद्दतमा अविजित ८६ रनको योगदान दिएका हुन् ।

त्यसैगरी शरद भेषवाकरले अविजित १६ रन जोड्दा शुरुआती ब्याट्सम्यान प्रदीप ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७ तथा रोहित पौडेलले ५ रन जोड्दै बाहिरिए ।

बलिङतर्फ मलेसियाका अनवर रहमानले दुई तथा मोहमद फिट्रीले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन मात्र बनाउन सकेको थियो ।

मलेसियाका लागि भिरन दिप सिंहले सर्वाधिक ५७ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै अहमेद फाइज मोहमद नुरले ४५ तथा मोहमद फिट्रीले १२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

मलेसियालाई १२८ रनमा समेट्नेक्रममा नेपालका करण केसी एक्लैले तीन विकेट लिए । त्यसैगरी वसन्त रेग्मी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिँदा सोमपाल कामीले एक विकेट झारे ।

अब नेपालले मलेसिया विरुद्वको दोस्रो तथा अन्तिम खेल भोलि आइतबार खेल्नेछ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको एशिया फाइनल आगामी साउन ६ देखि १२ गतेसम्म सिंगापुरमा आयोजना हुदैछ ।


प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिंगापुरसँग खेल्नेछ ।

उक्त प्रतियोगिताको शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

प्रकाशित : असार २८, २०७६ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?