३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश ५ स्तरीय राष्ट्रपति रनिङ सिल्ड सुरु

पाल्पा — प्रदेश ५ अन्तर जिल्ला प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड बुधबार तानसेनमा सुरु भएको छ । तीनदिने प्रतियोगितामा छात्रछात्रा कबड्डी, कराँते, तेक्वान्दो, आईटीएफ तेक्वान्दो, उसु, एथलेटिक्समा प्रतिस्पर्धा हुनेछ ।

एथलेटिक्सको ट्रयाकतर्फ १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५ सय मिटर, ३ हजार मिटर दौड हुनेछ । फिल्डतर्फ हाइजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट हुनेछ । ४ गुणा १०० मिटर र ४ गुणा ४०० मिटर रिलेमा प्रतिस्पर्धा हुनेछ ।


तानसेनको टुँडिखेल स्तरोन्नति गर्न लागेकाले रिले दौड लगायतका प्रतियोगिता तानसेनदेखि बाहिर गर्नुपर्ने भएको उनले बताए । तानसेनको सामुदायिक कभर्डहल, बाल मन्दिर, भुसालडाँडा लगायतका मैदानमा सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समिति अध्यक्ष करुणा काफ्लेले बताए ।


प्रतियोगितामा बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, नवलपरासी, रूपन्देही, अर्घाखाँची, गुल्मी र पाल्पाका झन्डै ११ सय खेलाडीले भाग लिएको प्रदेश सदस्य चन्द्रमणि गैरेले बताए ।


पानी परेका कारण टुँडिखेल मैदान हिलाम्मे छ । स्तरोन्नतिका क्रममा रहेकाले माटो थुपारेकाले हिलो भएको छ । वर्षायामको समय भएकाले खेलाडी तथा मैदान व्यवस्थापनमा केही कठिन भएको आयोजकले जनाएका छन् ।


तानसेन टुँडिखेल मैदानमा खेलको पूर्व उद्योगमन्त्री एवं प्रतिनिधि सभा सदस्य सोमप्रसाद पाण्ड्येले उद्घाटन गरे । प्रदेश ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्यले खेलकुदले हरेक जीवनका गतिविधिलाई सबल र सशक्त बनाउने बताए ।


तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले खेल पर्यटनको माध्यमबाट पाल्पालाई अगाडि बढाउन सकिने बताए । प्रदेश ५ का अध्यक्ष भीम ओलीले पर्यटकीय नगर तानसेनलाई खेलकुदको हब बनाउन पहल गरिने उद्घोष गरे ।

प्रकाशित : असार २७, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?