कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीलाई 

कृष्णप्रसाद गौतम

(सुर्खेत) — पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनी अड्डाले जितेको छ । उत्तरपश्चिम पृतनापति उपरथी सरोजप्रताप राणाले एयरर्पोट ब्यारेकमा आयोजित समापन कार्यक्रममा १९ नम्बर बाहिनी अड्डालाई ट्रफी हस्तान्तरण गरे । 

पृतनापति ट्रफीको उपाधि १९ नम्बर बाहिनीलाई 



प्रतियोगितामा बक्सिङतर्फ नन्दाबक्स गण, बास्केटबलतर्फ सबुज गण, एथेलेटिक्सतर्फ नयाँ सबुज गण, स्वीमिङतर्फ ज्वालादल गण, भलिबलतर्फ नयाँ सबुज गण, तान डोरीतर्फ नन्दाबक्स गण र तेक्वान्दोतर्फ नयाँ सबुज गण विजयी भएका छन् । समापनका क्रममा नयाँ सबुज गण र नन्दाबक्स गणबीच भएको फुटबलको फाइनलमा नन्दाबक्स गण ३–० ले विजयी भयो ।


सर्वोत्कृष्ट तथा विजयी खेलाडीले राष्ट्रियस्तरमा सञ्चालन हुने प्रधानसेनापति ट्रफीमा भाग लिनेछन् । प्रतियोगिता गत असार ३ गतेदेखि सुरु भएको भएको हो ।


सर्वोत्कृष्ट तथा विजयी खेलाडीलाई उपरथी राणाका साथै नेपाल प्रहरीका कर्णाली प्रदेश प्रमुख डिआइजी पूर्णचन्द्र जोशी र सशस्त्र प्रहरी बल ६ नम्बर बाहिनी मुख्यालयका प्रमुख डिआइजी प्रजाभक्त श्रेष्ठले शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा फुटबल, भलिबल, बास्केटबल, पौडी, कवड्डी, तेक्वान्दो, एथलेटिक्सलगायत खेलहरु खेलाइएको थियो ।


उत्तरपश्चिम पृतनाअन्तर्गतका ५ गणका ४ सय २३ खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । वार्षिक रुपमा आयोजना गरिएको यो प्रतियोगिता यस वर्ष दाङको तुलसीपुरमा र सुर्खेतमा आयोजना गरिएको हो ।


पृतनाका अनुसार एथलेटिक्स र बक्सिङ तुलसीपूरमा र फुटबल, बास्केटबल, भलिबल, पौडी तथा तेक्वान्दो सुर्खेतमा आयोजना गरिएको हो । पृतनापति उपरथी राणाले खेलकुदको माध्यमबाट सैनिक व्यक्तिमा अनूशासन कायम राख्न, सामुहिक भावना, भातृत्व र आपसी सहयोग बृद्धि गर्न सहयोग पुग्ने बताए । उनले सेनाको पेशागत क्षमतालाई अभिबृद्धि गराउनेगरी प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिए ।


प्रकाशित : असार २३, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?