मुख्यमन्त्री लिग आजदेखि

इलाम — नयाँ खेलाडीलाई अवसर सिर्जना गर्दै क्षमतावान खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजित मुख्यमन्त्री लिगअन्तर्गत इलाममा बुधबारदेखि समूह ‘ग’ का खेल हुँदै छन् । सदरमुकामस्थित टुँडिखेलमा हुने प्रतियोगितामा इलामको रेडहर्स क्लव, झापाको सैनिक युथ क्लब, ताप्लेजुङको प्रगतिशील युवा क्लब र पाँचथरको सयपत्री स्पोर्टिङ क्लबले भाग लिने छन् । 

असार २१ सम्म चल्ने लिगका विजेता र उपविजेताले विराटनगरमा असार २६ देखि हुने सुपर सिक्समा स्थान बनाउने छन् । सोमवार उदयपुरबाट औपचारिक रूपमा १ नम्बर प्रदेशस्तरीय लिग सुरु भएको हो । प्रदेश १ सरकारको १ करोड र अखिल नेपाल फुटबल संघको ३३ लाख रुपैयाँको लागतमा लिग सुरु भएको हो ।


विजेताले ५ लाख उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रदेश विजेताले राष्ट्रिय र अन्तर्राष्ट्रिय लिग खेल्ने अवसर पाउने छ । सुपर सिक्समा पुगेका बाँकी टिमले ५० हजार रुपैयाँ प्राप्त गर्ने एन्फा केन्द्रीय सदस्य तथा प्रतियोगिता आयोजक कमिटीका उपाध्यक्ष निरोज खड्गीले जनाए । प्रदेश १ स्तरीय लिगमा १४ टमको सहभागिता छ ।

प्रकाशित : असार १८, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?