१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

बराबरीले जापान र इक्वेडरलाई घाटा

एएफपी

रियो द जेनेरियो — जापान र इक्वेडरले कोपा अमेरिकामा सोमबार बेलो होरिजेन्टोमा १–१ को बराबरी खेले । यसले दुवै टिमलाई चोट तथा घाटा दिएको छ । उनीहरू दुवैको अनुपस्थितिमा पाराग्वे भने प्रतियोगिताको क्वाटरफाइनल छनोट भएको छ ।

उरुग्वेले भने लिग चरणको अन्तिम दिन समूह ‘सी’ जित्न सफल रह्यो । एडिसन काभानीले खेल सकिन ८ मिनेट अघि गरेको गोल मदतमा पाराग्वेले चिलीलाई १–० ले हरायो ।


डिफेन्डिङ च्याम्पियन चिली पनि हारका बावजुद क्वाटरफाइलन पुगेको छ । तेस्रो स्थानमा रहेर नकआउट चरण पुग्न जापान र इक्वेडर दुवैलाई जित आवश्यक थियो । समूह ‘ए’ बाट पेरु यसअघि नै उत्कृष्ट तेस्रो टिमका रूपमा छनोट भइसकेको थियो । यस्तोमा समूह ‘बी’ को पाराग्वेको भाग्य निर्धारण अरुको हातमा थियो । अन्त्यमा उसलाई भाग्यले साथ पनि दियो । जापानले १५ औं मिनेटमा भारको मदतले सोया नाकिजामाको गोलबाट अग्रता लिएको थियो ।


दोस्रो हाफको दसौं मिनेटमा एलेक्जान्डर डोमिनिकले बराबरी गोल फर्काए । बराबरीको नतिजापछि जापान र पाराग्वे समान अंकमा रहेपछि एसियाली पाहुना टिमलाई गोल अन्तरले पनि धोका दिएको हो । खेलपछि जापानी प्रशिक्षक हाजिमे मोरियासुले प्रतियोगितामा सहभागी हुन आफ्नो टिमका लागि अनुभवको आधारमा ठूलो उपलब्धि भएको बताए । उनले भने, ‘खेलाडीले खेलेरै सिक्ने हो । फुटबलमा कसरी अगाडि बढ्ने हो, यस्तै प्रतियोगिता खेलेर सिक्ने हो ।’


जापानले अर्को वर्ष टोकियोमा हुने ओलम्पिकका लागि भनेर यू–२३ का अत्यधिक खेलाडी राखेर टिम ब्राजिलमा पठाएको थियो । प्रतियोगितामा सहभागी दुई पाहुना टिममध्ये जापानसँगै कतारको पनि लिग चरणमै चुनौती सकिएको छ । एसियाली च्याम्पियन कतार समूह ‘बी’ तीन खेलबाट १ अंकमात्र बटुल्न सफल रह्यो । चिलीसँग पराजित भएयता कतारले उरुग्वे र इक्वेडरसँग भने सुधारिएको खेल प्रदर्शन गरेको थियो ।


अफ्रिकी नेसन्स कप

कायरो– मालीले अफ्रिकी कप अफ नेसन्स पहिलोपल्ट खेलिरहेको मउरिटानियालाई सोमबार ४–१ ले हराएर फुटबलको पाठ सिकाउने प्रयास गरेको छ । यो जितपछि माली समूह ‘ई’ मा बलियो स्थितिमा पुगेको छ । समूहको अर्को खेलमा ट्युनिसिया र एन्गोलाले १–१ को बराबरी खेले । आइभोरी कोस्टले समूह ‘डी’ मा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्‍यो ।


कन्काकाफ

ह्युस्टन– कन्काकाफ गोल्डकपमा सोमबार बुर्मडा र हाइटी विजयी रहे ।

प्रकाशित : असार ११, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?