कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पृतनापति ट्रफीको उपाधि भवानी बक्सलाई

धनगढी — नेपाली सेनाको सुदुरपश्चिम पृतनापति खेलकुद प्रतियोगिताको ट्रफि भवानीबक्स गणले जितेको छ । सोमबार सम्पन्न  प्रतियोगितामा ४६ स्वर्ण पदक प्राप्त गरेर भवानीबक्स गणले प्रथमस्थान प्राप्त गरि उपाधी जितेको हो । 

प्रतियोगितामा दोस्रो र तेस्रोस्थानमा क्र्रमस रुद्रध्वज गण र भवानी दल गणका खेलाडी बिजयी भएका थिए । शनिबारदेखि सञ्चालित संचालित पृतनापति ट्रफी खेलकूद प्रतियोगिताको अन्तिम दिन सोमबार कैलालीको तेघरीस्थित सैनिक खेल मैदानमा बिजेत टिम र खेलाडीहरुलाई पृतनापति उपरथी बालकृष्ण कार्कीले ट्रफि र पुरस्कार प्रदान गरेका हुन् ।


सुदूर पश्चिम प्रदेश अन्तर्गत नौ वटै जिल्लामा तैनाथ नेपाली सेनाका गण तथा गुल्महरुबीच कैलाली र कञ्चनपूरमा सञ्चालित खेलकुद प्रतियोगितामा ७ वटा खेल र ६५ वटा ईभेन्टमा ३ सय २१ जना पुरुष सैनिक र २५ जना महिला सैनिक खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगितामा भवानीबक्स गणले फुटबल, एथलेटिक्स, बक्सिङ, पौडी र तेक्वान्दो खेलतर्फको उपाधि जित्न सफल भएको थियो । प्रतियोगितामा सर्वाधिक पदक जित्ने पूरुष खेलाडी भवानीबक्स गणका प्युठ राम बहादुर पुन हुन् ।

प्रकाशित : असार १०, २०७६ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?