अमेरिका र स्विडेन क्वाटरफाइनलमा

एजेन्सी

पेरिस — अमेरिका र स्विडेनले सोमबार राति महिला विश्वकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । अमेरिकाले तनावपूर्ण खेलमा स्पेनलाई २–१ ले हरायो । 

त्यसमा दुवै गोल मेगना रापिनोले गरिन् । अब क्वाटरफाइनलमा अमेरिकाको सामना आयोजक फ्रान्सविरुद्ध हुनेछ । यस्तै अर्को खेलमा स्विडेनले क्यानाडाको चुनौती १–० ले पन्छायो ।

त्यसमा स्टानिया ब्ल्याक्सटेनसले गरिन् । स्विडेनको अन्तिम आठ प्रतिद्वन्द्वी जर्मनी हुनेछ ।

प्रकाशित : असार १०, २०७६ ०९:०२
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

जापान कोपा अमेरिकाबाट बाहिरियो

एजेन्सी

रियो डे जेनेरियो — जापान कोपा अमेरिकाबाट सोमबार राति बाहिरिएको छ । जापान इक्वेडरको हातबाट १–१ को बराबरीमा रोकिएपछि प्रतियोगिताबाट बाहिरिएको हो । 

समूह सी मा जापान २ अंकमा तेस्रो स्थानमा रह्यो र यो क्वाटरफाइनल पुग्न पर्याप्त रहेन् । समूहको अर्को खेलमा उरुग्वेले चिलीलाई १–० ले हरायो । दुवै टिम यसअघि नै अन्तिम आठमा पुगिसकेका छन् ।

उरुग्वे भने ७ अंकसहित शीर्ष स्थानमा रह्यो । डिफेन्डिङ च्याम्पियन चिली ६ अंकमा दोस्रो स्थामा रह्यो ।

प्रकाशित : असार १०, २०७६ ०९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×