जापान कोपा अमेरिकाबाट बाहिरियो

एजेन्सी

रियो डे जेनेरियो — जापान कोपा अमेरिकाबाट सोमबार राति बाहिरिएको छ । जापान इक्वेडरको हातबाट १–१ को बराबरीमा रोकिएपछि प्रतियोगिताबाट बाहिरिएको हो । 

समूह सी मा जापान २ अंकमा तेस्रो स्थानमा रह्यो र यो क्वाटरफाइनल पुग्न पर्याप्त रहेन् । समूहको अर्को खेलमा उरुग्वेले चिलीलाई १–० ले हरायो । दुवै टिम यसअघि नै अन्तिम आठमा पुगिसकेका छन् ।

उरुग्वे भने ७ अंकसहित शीर्ष स्थानमा रह्यो । डिफेन्डिङ च्याम्पियन चिली ६ अंकमा दोस्रो स्थामा रह्यो ।

प्रकाशित : असार १०, २०७६ ०९:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

श्रीषा र चन्द्राको ह्याट्रिक

कान्तिपुर संवाददाता

काठमाडौँ — श्रीषा कार्की र चन्द्रा भण्डारीले ह्याट्रिक गरेपछि उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा धनगढी उपमहानगरले काभ्रेको पनौती नगरपालिकालाई ८–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । 

हल्चोकस्थित सोमबार एपीएफ मैदानमा समूह ‘डी’ को खेलमा श्रीषाले पहिलो हाफ र चन्द्राले दोस्रो हाफमा ह्याट्रिक गरेका थिए । चन्द्राले ४ गोल गरेकी हुन् । अर्को एक गोल मनकुमारी चौधरीले गरिन् ।

श्रीषाले दोस्रो, चौथो र ३३ औं मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन् । ३६ औं मिनेटमा मनकुमारी र ४० औं मिनेटमा चन्द्राले व्यक्तिगत पहिलो गोल गरेपछि धनगढीले पहिलो हाफमा ५–० को अग्रता लिएको थियो । दोस्रो हाफमा एकपक्षीय देखिएको धनगढीका लागि चन्द्राले ४८ र ७२ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरिन् । खेलको इन्ज्युरी समयमा चन्द्राले टिमका लागि आठौं र व्यक्तिगत चौथो गोल गरेकी हुन् ।

सोमबारै अन्य खेलमा मोरङको विराटनगर महानगरपालिकाले विदुर नगरपालिकालाई ३–२ र उदयपुरको चौदण्डीगढी नगरपालिकाले नवलपरासीको कावासोती नगरपालिकाविरुद्ध २–० को जित निकालेर प्रतियोगितामा जितयात्रा जारी राखेका छन् । आइतबार विराटनगरले पनौती र चौदण्डीले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पराजित गरेका थिए ।

हल्चोक मैदानमा अग्रता जोगाउन नसक्दा विदुरले नतिजा विराटनगरलाई सुम्पन बाध्य भयो । विराटनगरकी इमा राईले छैटौं मिनेटमै गोल गरी अगता दिलाएपछि २१ औं मिनेटमा तारा थिङ र ४४ औं मिनेटमा अनु लामाले गोल गरेपछि विदुरले खेलमा अग्रता बनाएको थियो । अन्तिम ५ मिनेट सम्हालिन नसक्दा विदुरले खेल गुमायो । रेखा पौडेलले ७६ र सावित्री मगरले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरेर विराटनगरलाई सनसनी जित दिलाएका हुन् ।

चौदण्डीगढीले भने कावासोतीमाथि पहिलो हाफमै लिएको अग्रता कायम राखेर खेल आफ्नो पक्षमा पार्‍यो । अनुष्का शेर्पाले तेस्रो र ४० औं मिनेटमा गोल गरी पहिलो हाफमा २–० को अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा गोल हुन सकेन ।

प्रकाशित : असार १०, २०७६ ०९:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT