कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अर्जेन्टिनाले ताजा सुरुआत लिने

एएफपी

पोर्टो एलेग्रे — अर्जेन्टिनाले कोपा अमेरिकामा कतारलाई २–० ले पराजित गर्दै आइतबार नकआउट चरणको यात्रा तय गरेको छ । अर्जेन्टिनी कप्तान लियोनल मेसीले अब आफ्नो टिमले प्रतियोगितामा ताजा सुरुआत लिने बताएका छन् ।

अर्जेन्टिनाले ताजा सुरुआत लिने

लौटारो मार्टिनेजले सुरु र सर्जियो अगुइरोले अन्त्यतिर गरेको गोल मदतले अर्जेन्टिना विजयी हुँदै अन्तिम आठमा छनोट हुन भयो । यसअघि नै नकआउट चरणमा प्रवेश गरिसकेको कोलम्बियाले पाराग्वेलाई १–० ले पराजित गर्‍यो ।

यो नतिजाले अर्को समूहमा तेस्रो स्थानमा रहेको पेरुले पनि क्वाटरफाइनल खेल्ने छ । कोलम्बिया पछाडि समूह ‘बी’ को दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले अब भेनेजुएलाको सामना गर्नेछ । प्रतियोगितामा डेब्यू गरिरहेको एसियाली पाहुना टिम कतारको भने चुनौती सकिएको छ ।

यसै समूहको तेस्रोमा रहेको पाराग्वेको २ अंक छ । उसको भाग्य अर्को समूह ‘सी’ मा जापान र इक्वेडरबीच हुने खेलले निर्धारण गर्नेछ । तीनै समूहमा तेस्रो स्थानमा रहने तीन टिममध्ये दुईले अन्तिम आठको यात्रा तय गर्नेछ ।

जापान र इक्वेडरको खेलअगाडि नै पेरुले अगाडि खेल्ने निश्चित भएको हो । अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले जित्नैपर्ने खेलमा म्यानचेस्टर सिटीका फरवार्ड अगुइरो र मार्टिनेजमाथि विश्वास गरे ।

मार्टिनेजले एन्जेल डी मारियाको स्थानमा खेल्न पाएका हुन् । ‘अहिले तत्काल सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हामी क्वाटरफाइनल पुग्यौं,’ मेसीले भने, ‘अब हामीले कस्तो खेल्ने हो, त्यसअनुसार रणनीति बनाएर अगाडि बढ्नु पर्छ । हाम्रो वास्तविक यात्रा अब सुरु हुनेछ ।’


कन्काकाफ

चार्ललोटे– मेक्सिकोले मार्टिनिकलाई ३–२ ले हराएर आइतबार कन्काकाफ गोल्डकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । समूह ‘ए’ मा मेक्सिको यो जितपछि क्यानडालाई उछिनेर विजेता पनि बन्यो । यस्तै अर्को खेलमा क्यानडाले खराब प्रदर्शन गरिरहेको क्युवालाई सजिलै ७–० ले हरायो । त्यसमा लुकास कभालिनीले ह्याट्रिक गरे । मेक्सिकोले सबै तीन खेल जितेर ९ अंक बटुल्यो भने क्यानडा दुई जितबाट ६ अंकसहित दोस्रो स्थानमा रह्यो ।


अफ्रिकी नेसन्स कप

कायरो– अफ्रिकी कप अफ नेसन्सको समूह ‘सी’ मा सेनेगलले आइतबार तान्जानियालाई २–० ले हरायो । समूहको अर्को खेलमा अल्जेरियाले केन्यामाथि २–० को जित दर्ता गर्‍यो । समूह ‘डी’ मा भने मोरक्कोले नामिबियालाई १–० ले पन्छायो ।


महिला विश्वकप

पेरिस– आयोजक फ्रान्स र इंग्ल्यान्डले महिला विश्वकपमा आइतबार राति क्वाटरफाइनल यात्रा तय गरेका छन् । फ्रान्सले अतिरिक्त समयको खेलपछि ब्राजिललाई २–१ ले हरायो । अमाडिन हेनरीले फ्रान्सका लागि १ सय ६ औं मिनेटमा निर्णायक गोल गरिन् । इंग्ल्यान्डले भने क्यामरुनलाई सजिलै ३–० ले हराए । त्यसमा स्टेफ हउटन, एलेना हाइट र एलेक्स ग्रिनउडले गोल गरेका थिए ।

प्रकाशित : असार १०, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?