१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

उरुग्वेको सजिलो जित

एएफपी

बेलो होरिजोन्टे — लुइस स्वारेज र एडिसन कभानीले गोल गरेपछि उरुग्वेले कोपा अमेरिकाको समूह ‘सी’ को पहिलो खेलमा आइतबार १० खेलाडीमा सीमित इक्वेडरलाई सजिलै ४–० ले हराएको छ । निकोलस लोडेइरोले छैटौं मिनेटमा गोलको खाता खोले । त्यसैक्रममा जेसो क्वन्टेरो कार्ड खाँदै मैदान छाड्न बाध्य रहे । एक खेलाडी बढी भएको फाइदा लिँदै उरुग्वेले खेलमा पूर्णतः हाबी रह्यो । 

उरुग्वेको सजिलो जित

पहिलो हाफ अगाडि नै कभानी र स्वारेजले गोल थपे । खेल सकिन १२ मिनेट अगाडि आरटुरो मिनाले आत्मघाती गोल गरे । ‘पहिलो हाफमा हामीले केही राम्रा मौका सिर्जना गर्न सक्यौं र त्यसको फाइदा पनि लियौं ।


यसै कारणले खेल पनि हाम्रो नियन्त्रणमा रह्यो । प्रतियोगितामा हाम्रा लागि यो सुखद सुरुआत हो,’ कभानीले भने । चौथो कोपा अमेरिकामा सहभागी भइरहेका कभानीको यो प्रतियोगितामै पहिलो गोल हो । उनले इक्वेडर निकै कडा प्रतिद्वन्द्वी रहेको र उसमाथि प्राप्त जितले टिमलाई धेरै आत्मविश्वास दिएको दाबी गरे ।


यो जितले डिफेन्डिङ च्याम्पियन चिली सम्मिलित समूहमा उरुग्वेलाई धेरै राहत पनि प्राप्त भएको छ । इक्वडेरका कोलम्बियाली प्रशिक्षक हर्ननन डारियो गोमेजले आफ्नो टिम अभाग्यशाली रहेको आशय पोखे । उनले भने, ‘स्कोर हाम्रो पक्षमा नरहे पनि हाम्रो टिम त्यति धेरै खराब पनि होइन । पहिलो हाफमा हामीले राम्रो खेल्न सकेनौं र त्यसकै नतिजा हामी पराजित पनि रह्यौं ।’ दोस्रो हाफमा इक्वेडरले शारीरिक बलले खेलिने खेलमा बढी जोड दिएको थियो ।


कतारको बराबरी

बोउलेमा खोउखीले खेल सकिन १३ मिनेट अगाडि गरेको गोलको मदतले एसियाली च्याम्पियन कतारले कोपा अमेरिकामा आइतबार दुई गोलले पछाडि रहेको स्थिति उल्टाएर पाराग्वेलाई २–२ को बराबरीमा रोकेको छ । रियो डे जेनेरियोमा भएको खेलमा पाराग्वेले सुरुमा ओस्कार कारडोजोले पेनाल्टीबाट गरेको गोल मदतले अग्रता लिएको थियो । त्यसयता डरलिस जोन्लाजेले सुन्दर गोल गर्दै आफ्नो टिमलाई दुई गोलको अग्रता दिलाए ।


समूह बीमा प्राप्त एक अंकमा खुसी हुँदै कतारका स्पेनी प्रशिक्षक फेलिक्स सान्चेजले भने, ‘हाम्रा लागि यो सम्मानजनक स्कोर हो ।’ उनले आआफ्ना खेलाडीको प्रशंसा गर्दै उनीहरू टिममा रहेको मजबुतता देखाएको दाबी गरे । यस समूहको दोस्रो खेलपछि कोलम्बिया तीन अंकमा शीर्ष स्थानमा छ भने त्यसयता पाहुना टिम कतार र पाराग्वे छन् । एक चरणको खेल समाप्तिमा लियोनल मेसीको अर्जेन्टिना चार टिममध्ये पुछारमा रहेको छ ।

प्रकाशित : असार ३, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?