कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

साम्बाको चर्चा

काठमाडौँ — नेपाली महिला फुटबलले पाएको अब्बल दर्जाकी खेलाडी हुन् सावित्रा भण्डारी । ब्राजिली फुटबलको प्रशंसक भएकाले उनले आफूलाई ‘साम्बा’ भन्न रुचाउँछिन् । साम्बा चर्चित खेलाडीमात्रै होइनन्, सफल र क्षमतावान खेलाडी हुन् भन्ने प्रमाण उनले पछिल्ला प्रदर्शनहरूबाट प्रस्ट्याइसकेकी छन् ।

साम्बाको चर्चा

घरेलु फुटबलमा एपीएफबाट खेल्दा होस अथवा नेपालको राष्ट्रिय टिमबाटै, खेलाडीको एक हुलबाट उनी ठ्याक्कै फरक देखिन्छिन्, अरूभन्दा तीव्र, चुस्त र स्तरीय । यसैमा टिकेर उनी वर्ष २०७५ मा लगातार चर्चामा पनि रहिन् । चर्चा त कतिसम्म भने उनको जत्तिको लोकप्रियता त अहिलेको पुरुष खेलाडीले पनि विरलै मात्र पाएका छन् होला ।


यस्तोमा उनी पल्सर स्पोर्ट्स अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । मतका आधारमा छिनोफानो हुने यो विधामा उनीसँगै पाँच प्रत्याशी छन् । सामाजिक सञ्जाल फेसबुक र एसएमएसको मार्फत आएको मतसँगै राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक र आयोजक मञ्चका सदस्यले दिएको मतले विजेताको निर्णय हुनेछ ।


यो अवार्डका लागि निकै बलिया प्रत्याशी हुन् उनी । लगभग पाँच वर्ष अगाडिसम्म उनी गुमनाम जस्तै थिइन् । लमजुङको पाच्चोक स्कुलको मैदानमै सीमित उनको प्रतिभा त्यति बेला फल्ने र फुल्ने अवसर पायो, जति बेला उनी नेपाल एपीएफ क्लबसँग आबद्ध भइन् । लमजुङ छँदाका दिन सम्झना अहिले त्यो सबै कथाजस्तो हुन सक्छ, अरू महिला खेलाडी नै नभएको, पुरुष खेलाडीसँग खेल्न बाध्य, आदि आदि ।


वर्ष २०७५ मा सावित्राकै गतिलो योगदानका कारण नेपाल भारतमा भएको हिरो गोल्डकपको फाइनलसम्म पुग्यो । त्यसै क्रममा नेपालले पहिलोपल्ट भारतलाई हरायो । विराटनगरमा भएको वुमेन्स साफ च्याम्पियनसिपमा नेपाल फेरि एकपल्ट फाइनलमा भारतसँग पराजित रह्यो, तर उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमै छिन् ।


एपीएफले नै वर्ष २०७५ मा लिग जित्दा उनी सर्वाधिक गोलकर्ता मात्र भइनन्, उत्कृष्ट खेलाडी पनि रहिन् । नेपालले पहिलोपल्ट ओलम्पिक छनोटको दोस्रो चरण तय गर्दा पनि सावित्राको भूमिका कम थिएन ।

प्रकाशित : असार ३, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?