३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हिमशिखरलाई उपाधि

स्याङ्जा — फेदीखोला गाउँपालिकाद्वारा आयोजित दोस्रो अध्यक्ष कप सेभेन ए साइड फुटबलको उपाधि हिमशिखर युवा क्लबले हात पारेको छ । वडा १ को माछापुच्छ्रे युवा क्लब र २ को हिमशिखरबीच सोमबार भएको फाइनलमा सडेन डेथमा नतिजा निकाल्दै हिमशिखरले उपाधि जित्न सफल भएको हो ।  

हिमशिखरलाई उपाधि

प्रतियोगितामा गाउँपालिकाभित्रका १४ टिमको सहभागिता थियो । विजेता हिमशिखरले रनिङ ट्रफी, विजेता ट्रफी, प्रमाणपत्र र नगद ३० हजार हात पारेको छ ।


यसैगरी उपविजेता माछापुच्छ्रेले ट्रफी, मेडल, प्रमाणपत्र र नगद २० हजार रुपैयाँ पाएको छ ।


उत्कृष्ट खेलाडी माछापुच्छ्रेका सुनील गुरुङ, बेस्ट गोलकिपर र हाइएस्ट स्कोरर हिमशिखरका प्रकाश परियार र अजय कार्कीले पाए ।

प्रकाशित : असार २, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?