कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अर्जेन्टिनाको कमजोरीमा ब्राजिललाई फाइदा

द गार्डियन

रियो द जेनेरियो — सबैभन्दा पहिले अर्जेन्टिनाका लागि खुसीको समाचार । दक्षिण अमेरिकी फुटबल महासंघले अर्को संस्करणको कोपा अमेरिका अर्को वर्ष नै गर्ने निर्णय गरिसकेको छ । त्यो संस्करणको कोपा अमेरिका अर्जेन्टिनाले कोलम्बियासँग मिलेर आयोजना गर्नेछ । यस्तोमा अब यसपल्टको कोपा अमेरिका लियोनल मेसीका लागि अन्तिम मौका भन्नु ठीक भएन, कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता जित्नका लागि । 

अर्जेन्टिनाको कमजोरीमा ब्राजिललाई फाइदा

अब खराब समाचारको पालो । यो के भन्दा जतिसुकै प्रतियोगिता आउने जाने किन नहोस् अर्जेन्टिनाले केही पनि जित्न नसकेको पनि २६ वर्ष भइसकेको छ । अर्जेन्टिनाको स्वर्णिम फुटबल पुस्ताले सन् १९९५ देखि २००७ बीच सातपल्ट यु–२० विश्वकप जित्यो । अनि सन् २००४ र २००८ को ओलम्पिकमा स्वर्ण पदक पनि । तर यही टिमका खेलाडीले भने केही ठूलो जित्ने साइत भने अहिलेसम्म जुरेकै छैन । अर्जेन्टिनाले यसपल्टको कोपा अमेरिकाका लागि राम्रो तयारी पनि गर्न पाएको छैन ।


लाग्छ, विश्वकपमा फ्रान्सको हातबाट बेहोरेको ४–३ को हार अर्जेन्टिनाले अहिलेसम्म भुल्न सकेको छैन । अर्जेन्टिना नकआउट चरणमा पनि बल्लतल्ल पुगेको थियो । अर्जेन्टिनासँग योजना ‘ए’ असफल भयो भने योजना ‘बी’ अनुसार काम गर्ने रणनीति देखिन्न । एक प्रकारले भन्ने हो भने अर्जेन्टिनी टिमको जिम्मेवारी लिनु सजिलो पनि छैन, प्रशिक्षकका रूपमा । दबाबकै बीच प्रशिक्षक जोर्गे साम्पाओलीले टिम पनि छोड्नुपरेको थियो ।


त्यस्तोमा अर्जेन्टिनी फुटबल संघले वेस्ट ह्यामका पूर्व फुल–ब्याक लियोनल स्कालोनीलाई ‘काम चलाउ’ प्रशिक्षक बनाउनुपरेको छ र त्यो पनि कोपा अमेरिका नटुंगिएसम्मका लागि । सन् १९७८ को विश्वकपमा अर्जेन्टिनी टिमको नेतृत्व गरेका सिजर लुइस मेनोटीलाई प्राविधिक निर्देशक बनाइएको छ । सिधासिधा भन्दा मेसी सहितको अर्जेन्टिनी टिमलाई यसपल्टको कोपा अमेरिकामा उपाधिका लागि सबैभन्दा बलियो प्रत्यासी भन्न सकिन्न ।


त्यसो भने हो बलियो प्रत्यासी को त ? उत्तर हो, आयोजक ब्राजिल स्वयं । ब्राजिलले आफूले आयोजना गरेका यसअघिका पछिल्ला चार संस्करण आफैले जितेको छ । कोपा अमेरिकामा घरमा खेल्नुपर्छ, ब्राजिल बलियो हुन्छ । विश्वकपपछि ब्राजिलले १० खेल खेलेको छ र यसमा टिम नौ खेलमा विजयी रहेको छ, एक खेल भने बराबरीमा टुंगेको छ । ब्राजिल विश्वकपमा भने बेल्जियमसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।


अहिले ब्राजिली टिम आफैमा खुबै आत्मविश्वासी छ र निकै राम्रो गर्नेछ भनेर दाबी गर्ने ठाउँ भने छैन । चोटका कारण नेयमारले यसपल्टको कोपा अमेरिका नखेल्ने पनि निश्चित भइसकेको छ । उनी कतारविरुद्धको मैत्रीपूर्ण अन्तर्राष्ट्रियमा घाइते भएका थिए, उनको कुरकुच्चामा चोट लागेको छ । झन् त्यसमाथि नेयमारलाई बलात्कारको आरोप पनि लागेको छ । नेयमार नहुनुको टिममा फाइदा पनि छ । उनी भएन भने टिममा नाटक बढी गरेर दुःख दिने कोही हुने छैन ।


यस्तोमा टिमको ध्यान पूर्णतः खेलमै मात्र हुन सक्नेछ । ब्राजिलका लागि सबैभन्दा ठूलो समस्या सेन्टर फरवार्डमा छ, किनभन्दा जेसस लयमा छैनन् भने रोबर्टो फिरमिनो पूर्णतः फिट हुन सकेका छैनन । मिडफिल्डमा पनि ब्राजिल ढुक्क हुन सक्ने स्थिति छैन । सम्भवतः ब्राजिललाई बलियो चुनौती पेस गर्न सक्ने टिम हुने, उरुग्वे । यो टिममा पनि उत्तिकै समस्या छ, टिमका प्रमुख खेलाडी लुइस स्वारेज पूर्णतः फिट छैनन्, उनी लयमा पनि छैनन् ।


कोलम्बिया पहिलो पल्ट कार्लोस क्वारेजको नेतृत्वमा खेलिरहेको छ । जोसे पेकरमनले छ वर्ष टिम हेरेर छाडेयता यी रियल म्याड्रिड, पोर्चुगल र इरानका पूर्व व्यवस्थाकले कोलम्बियाली टिमको जिम्मा पाएका हुन् । अब क्वारेजको नेतृत्वमा कोलम्बियाले कस्तो खेल्नेछ, त्यो हेर्न बाँकी नै छ । जहाँसम्म दुई पल्टको पूर्व विजेता चिलीको प्रसङ्ग छ, लगातार दुई पल्ट उपाधि चुमेयता टिम थाकेको देखिन्छ । यही कारणले चिलीले पछिल्लो विश्वकप पनि खेलेको थिएन ।


टिम छनोट नै हुन सकेन । यी ठूला चार टिमपछि सबैको आँखा हुनेछ, दुई आमन्त्रित टिममा । पहिलो कतार, त्यसपछि अर्को जापान । गत वर्ष मात्र कतारले एसियाली उपाधि जितेको थियो र यही देशले सन् २०२२ मा विश्वकप आयोजना गर्दैछ । कतारसामु फरक पृष्ठभूमि र माहोलमा कोपा अमेरिका खेल्ने अवसर मिलेको छ, त्यो पनि अब्बल दर्जाका फरक प्रतिद्वन्द्वीसँग । भलै कतारले उपाधि नजित्ला, तर उसले आत्मसात् गर्नेछ, बहुमूल्य अनुभव ।


– जोनाथन विल्सन

प्रकाशित : जेष्ठ ३२, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?