महिला क्रिकेट असार ४ देखि

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा चौथो प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट असार ४ देखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र एपीएफ क्लब गरी ८ टिमको सहभागिता रहने बुधबार पत्रकार सम्मेलनमा जानकारी गराइयो । 

सहभागीलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा एपीएफ, सुदूरपश्चिम प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश तथा समूह ‘बी’ मा प्रदेश १, प्रदेश ३, प्रदेश २ र कर्णाली प्रदेश छन् ।


महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा महेन्द्रनगरमा हुने प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । वुमन अफ द सिरिजले ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सवुमनले १५–१५ हजार पुरस्कार पाउने छन् ।


वुमन अफ द म्याचलाई २ हजार ५ सयबाट पुरस्कृत गरिने छ । प्रतियोगिता आयोजना गर्न करिब ८८ लाख रुपैयाँ खर्च हुने र त्यसमा राखेपले ३५ लाख उपलब्ध गराउने आयोजक क्लबले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७६ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?