नुवाकोटसँग पुलिस स्तब्ध

(नुवाकोट) — दोस्रो नुवाकोट गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार साबिक विजेता नेपाल पुलिस क्लबलाई १-० गोलले पराजित गर्दै घरेलु टोली नुवाकोट ११ फाइनल पुगेको छ । 

बट्टारस्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पस खेल मैदानमा भएको खेलमा नुवाकोटले पुलिसलाई स्तब्ध पारेको छ । नुवाकोटका लागि पहिलो हाफको ४० औं अफ्रिकी खेलाडी रोमियोले गरेको गोल नै खेलमा निर्णायक बन्यो । निकै सुस्त खेलको पुलिसले पाएका अवसर सदुपयोग गर्न नसक्दा सेमिफाइनलमा नै रोकिएको हो । खेलको म्यान अफ द म्याच नुवाकोटका भिक्टो घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे ।


नुवाकोट ११ ले उपाधिका लागि शनिबार संकटा र च्यासल युथबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार दोस्रो सेमिफाइनलमा संकटा र च्यासल युथबीच प्रतिस्पर्धा हुनेछ । नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् ।


प्रकाशित : जेष्ठ २८, २०७६ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?