कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मधेशालाई मेयर कप रात्रिकालीन फुटबल

वेदराज पौडेल

इनरुवा — जेलमैदानमा सम्पन्न प्रथम मेयर कप रात्रिकालीन वडास्तरीय फुटबलको उपाधि वडा ६ मधेशाले जितेको छ । फाइनलमा वडा ६ ले वडा २ लाई १–० ले पराजित गरेको हो । पहिलो हाफमा प्राप्त पेनाल्टी सदुपयोग गर्दै गरेको गोल नै निर्णायक बन्यो ।

मधेशालाई मेयर कप रात्रिकालीन फुटबल

सुरज रामले विजयी गोल गरे । वडा २ ले आक्रामक खेल पनि गोल फर्काउन सकेन । दोस्रो हाफमा दुवै टोली अवसर पाए पनि गोल गर्न सफल भएनन् ।


विजेताले ५५ हजार ५ सय ५५ रुपैंयाँ र उपविजेताले २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार जितेका थिए । म्यान अफ द म्याच गोलकर्ता सुरज राम घोषित भए । उत्कृष्ट खेलाडी वडा २ का नितेश थापा मगर ठहरिए । उत्कृष्ट फरवार्ड वडा २ कै सुभम थापा मगर भए । सोही वडाका विजय उराँव उत्कृष्ट मिडफिल्डर चुनिए । उदीयमान खेलाडी वडा ३ का प्रशान्त घिसिङ चुनिए । उत्कृष्ट दर्शकतर्फ गोविन्द पौडेल र सुहाना श्रेष्ठ पुरस्कृत भए । उनीहरूले जनही ५ हजार हात पारे ।


विजेतासहित विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगर प्रमुख राजन मेहता, प्रदेश सांसद ज्योति सुब्बा, कार्यक्रम संयोजक अरबिन्द केसी, आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टका संयोजक राकेश निरौलालगायतले पुरस्कृत गरे ।


इनरुवा खेल मैदानमा रातिको समयमा खेलाइएको फुटबल प्रतियोगिता अवधिभर दर्शकको बाक्लो भीड लागेको थियो । दर्शकको साथ र खेलप्रतिको नगरवासीको लगावले प्रतियोगितालाई निरन्तरता गर्नु चुनौती थपेको आयोजक संस्थाका संयोजक राकेश निरौलाले बताए ।


प्रतियोगिता म्यानेजमेन्ट र इनरुवा नगरपालिकाले संयुक्त गरेका हुन् । नगर प्रमुख मेहताले रात्रिकालीन प्रतियोगिता नगरको पहिचान बनिसकेकाले इनरुवालाई खेलकुद हबका रूपमा विकास गर्दै खेलाडी उत्पादनमुखी कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।

प्रकाशित : जेष्ठ २८, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?