कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दक्षिण अफ्रिकालाई गर या मरको स्थिति

एजेन्सी

साउथह्याम्प्टन — आईसीसी एकदिवसीय विश्वकपको सुरुआती डेढ साताको निराशाजनक नतिजापछि दक्षिण अफ्रिका पहिलो जितको लक्ष्यका साथ सोमबार साउथह्याम्प्टनमा वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । 

दक्षिण अफ्रिकालाई गर या मरको स्थिति

डेल स्टेयन चोटका कारण बाहिरिनु, लुंगी एनगिडी अनफिट हुनु, अनिश्चित ब्याटिङ क्रम र लगातार तीन हारको शृंखलाले दक्षिण अफ्रिकाका लागि विश्वकप–२०१९ को अभियानमा निकै कठिन सुरुआत मिल्यो । भारतविरुद्धको ६ विकेटको हारमा उसका फास्ट बलरहरूको प्रदर्शन टिम प्रबन्धनका लागि आशातीत रहन्छ । तर, वेस्ट इन्डिजको आक्रामक बलरहरूको सामना गर्न दक्षिण अफ्रिकाका ब्याट्सम्यानहरूले आफ्नो प्रदर्शन स्तर माथि लानुपर्नेछ ।

एनगिदी खेल्ने नखेल्नेमा अझै सन्देह छ । यस्तोमा टिमको बलिङ आक्रमणमा विविधता ल्याउन र अझै कसिलो बनाउन कप्तान फाफ डु प्लेसिसले स्टेयनलाई प्रतिस्थापन गरेका बेउरान हेनरिक्सलाई अवसर दिन सक्नेछन् । सेमिफाइनलमा पुग्ने सम्भावनालाई जीवितै राख्न दक्षिण अफ्रिकाका लागि यो खेल गर या मरको अवस्थामा छ ।


वेस्ट इन्डिज ट्रेन्ट ब्रिजमा अस्ट्रेलियासँग बेहोरेको साँधुरो हारबाट उठ्ने प्रयास गर्नेछ । उनीहरूले महसुस पनि गरेका होलान् कि त्यस खेलमा अधिकांश समय उनीहरूकै नियन्त्रणमा थियो ।


सुरुआती दुई खेलमा फास्ट बलरको आक्रामक सुरुआतले वेस्ट इन्डिजको पुराना सफलताका दिनहरू स्मरण गराउँथ्यो । तर, अस्ट्रेलियाविरुद्ध फास्ट बलरहरूको सुरुआती असफलता र जवाफी ब्याटिङमा ब्याट्सम्यानहरूको खराब सट सेलेक्सनकै कारण अस्ट्रेलियाविरुद्ध उसले नोक्सानी बेहोरेको हो ।


यद्यपि सुरुआती दुई जित र अस्ट्रेलियाविरुद्ध साँधुरो हारको नतिजापछि वेस्ट इन्डिज टोली आफ्नो प्रतिस्पर्धी दक्षिण अफ्रिकाभन्दा हेड टू हेडमा अगाडि छ । उसको आत्मविश्वासी पक्ष यही हो ।

ह्याम्प्सायर ओभलमा सोमबार अपराह्न वर्षाको सम्भावना छ । दिनभर बदली हुने मौसम पूर्वानुमानका कारण यस खेलमा फास्ट बलरले एकपल्ट फेरि निर्णायक भूमिका खेल्नेछन् ।


प्रकाशित : जेष्ठ २७, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?