२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

नाडाललाई ऐतिहासिक सफलता

एएफपी

पेरिस — अष्ट्रियाका डोमेनेक थेमलाई ६–३, ५–७, ६–१ र ६–१ को सेटमा पराजित गरी राफेल नाडालले ऐतिहासिक १२ औं पल्ट फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । करिअरमा उनको यो १८ औं ग्राण्डस्लाम उपाधि हो ।

नाडाललाई ऐतिहासिक सफलता

सन् २०१८ को फाइनल नै दोहोरिएको खेलमा थेमको कठिन चुनौति पन्छाएर नाडाल कुनै पनि ग्राण्डस्लामको उपाधि १२ पल्ट जिन्ते पहिलो खेलाडी (महिला/पुरुष) बनेका छन् ।


नाडाल अब रोजर फेडेररको सर्वकालीन कीर्तिमानी २० ग्राण्डस्लाम उपाधिबाट २ उपाधिले पछाडि तथा नोभाक जोकोभिचभन्दा ३ उपाधिले अगाडि छन् । दोस्रो वरियताका यी खेलाडीले फ्रेन्च ओपनमा ९३ जितेको कीर्तिमान पनि बनाएका छन् । उनी मात्र २ खेलमा पराजित भएका छन् । यसअघि उनले सन् २००५ देखि २००८, २०१० देखि २०१४, २०१७ र २०१८ मा उपाधि जितेका थिए ।


यो नाडालको करिअरमा ८२ औं उपाधि हो भने ९ सय ५० औं जित हो । सानदार शट र शारीरिक कमजोरीका बाबजुद ५३ मिनेट चलेको पहिलो सेटमा एक समय थेमले ३–२ को अग्रता लिएका थिए । तर, २५ वर्षीय थेमको खुसी अल्पकालीन रह्यो कि नाडालले खेलमा अग्रता लिइहाले ।


थिमले आफ्नो करिअरमा नाडालबिरुद्ध चौथोपल्ट पराजय ब्यहोरेका हुन् । दोस्रो सेटमा नाडालको ५ सर्भिससम्म थेम अंक जोड्न असफल थिए । तर, उनले बिस्तारै खेलमा पकड जमाए र दोस्रो सेटमा नाडालको अग्रता तोड्न सफल भए । यसअघिका तीन हारपछि थेमले नाडालबिरुद्ध जित निकालेको यो पहिलो सेट थियो । बाँकी सेटमा नाडालले उत्कृष्ट पुनरागमन गर्न सफल भए ।

प्रकाशित : जेष्ठ २७, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?